Loading... आजः शनिबार , श्रावण १२, २०८१

चाडपर्वमा कोरोनाको महामारी



हिन्दुहरुको महानपर्व बडा दशै बिजय दशमी २०७७ घरघरमा जमरा राखी सुरु भएको छ । बडा दशै नेपाली तथा हिन्दुहरुको सबै भन्दा ठूला चार्डको रुपमा लिने गरेको पाईन्छ । बिश्वव्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोनाको बिच यस पटकको दशै कस्तो हुने हो त ? भन्न चाही सकिदैन ।
कोरोना कहरको बिच अधिकांशसंग दशैमा कोरोना फैलिन नदिन हरेक व्यक्तिहरुले सर्तकता अपनाउन जरुरी देखिन्छ । हुन त बाध्यताले होला अहिले कोरोना संग नडराइरहेको अवस्थामा जुन किसिमले फैलिरहेको छ कोराना यस ले भोलीका दिनमा कस्तो रुप दिनेहो भन्ने सकिने अवस्था भने छैन । बिगतमा भारत लगायत अन्य मूलकबाट दशै मान्न आउनेहरु कोरोनाको समयमा घर आएका मान्छेहरु पैसाको अभावमा जे होला कमाउन फेरी भारत लगायतका ठाँउहर जान थालेका छन् त्यसले पनि यस बर्षको दशै सादय त्यति रमाईलो होला भन्न सकिदैन ।नेपाल सरकारले पनि यस समयमा सर्तकता अपनाउदै सामाजिक दुरी कायम गरी दशै मान्न सबैमा अनुरोध गरेको छ । राजापुर नगरपालिका शिव प्रसाद चौधरीले समुदाय स्तरबाट हरेक नागरिकहरुले सचेत भई सर्तकता अपनाउदै दशै मान्न सबै नगरवासीहरुमा अनुरोध गर्नु भएको छ ।
रुखो सुको खाए भएपनि यस पटकको दशै मानौ कोरोना फैलिन नदिन हामी सचेत नागरिकहरुले सावधानी अपनाऔ । दशैको कारण रोग फैलिन नदिन अनिवार्य रुपले माक्स सेनिटाईजर, प्रयोग गरौ , साबुन पानीले हात मिचि मिचि धौउ, समाजिक दुरी कायम राखी दक्ष अनुसारको दशै मानौ । बडा देशको सम्पुर्ण जनप्रतिनिधी,राजनितिकदल, बिज्ञापनदाता,ग्राहकवर्ग, व्यापारी, कर्मचारी, किसान, शिक्षक, विद्याथी, जेष्ठनागरिक, महिला एवम् समस्त नगरपालिकावासीहरुमा सुख, शान्ति,समृद्धि सु–स्वास्थ्य दिर्घायू एव उत्तरोत्तर प्रगतिको हार्दिक शुभ कामना व्यक्त गर्दछौ ।

 

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!