Loading... आजः शनिबार , श्रावण १२, २०८१

चामोङ कमान खोलियो कोरोना संक्रमित भएमा को हुने जिमेवारः युवा मोर्चा


दार्जीलिङ, 12 अप्रेल। दार्जीलिङको चामोङ चियाबारीमा कोरोनाबारे कुनै सतर्कता अवलम्बन नगरि खोलेर श्रमिकहरूलाई धमाधम काममा लगाउने थालेपछि असन्तुष्टी बढेको छ। गत 11 अप्रेलको दिन बङ्गाल सरकारको तर्फबाट अध्यादेश जारी गरेर प्रत्येक चियाबारीमा 25 प्रतिशत श्रमिकहरूलाई काममा लगाएर चियाबारी चलाउनु पर्ने निर्देश आएपछि चियाबारीका श्रमिकहरूले आफ्नो ज्यान हत्केलामा राखेर बगानमा काममा निस्कनु पर्ने बाध्य बनेका छन्। चामोङ चियाबारीका श्रमिकहरू नुनको सोझो भएर मालिकाको हुकुमको पालन गर्नै पर्ने बाध्यताले पेलिएर काममा निस्किरहेका छन्। अर्कोतिर सरकारको यो निर्णयको प्रतिवाद गर्दै विमल गुरुङले नेतृत्व गरेको गोर्खा जनमुक्ति मोर्चाका भातृ संगठन गोर्खा जानमुक्ति युवा मोर्चाले कडा आपत्ति जनाएको छ।

मोर्चाले प्रेस बयान जारी गरेर जीटीएका अध्य़क्ष अनित थापाको भूमिकामाथि प्रश्न चिन्ह खडा गरेको छ। चेयरमेन थापाले केही दिन अघिसम्म सामाजिक दूरीको विषयमा ठूल-ठूलो कुरा हाँकेर मिडियामा दिएको हाँक आज चियाबारीको श्रमिकहरूको ज्यानको च्याँखे थाप्ने सरकारको नीतिमाथि आँखा चिम्लिएर बसेको बताएको छ। युवा मोर्चाले चामुङ चियाबगानमा कोरोना भाइरस संक्रमण विषयमा कुनै पनि सतर्कता नअपनाइकन बगानको काम शुरु गरिएको ठोकुवा गरेको छ। उक्त चियाबारीको कुनै श्रमिक बगानको सम्बन्धित पक्षको लापरवाहीले भाइरस संक्रमित भएको खण्डमा त्यसको जिम्मेवारी कसले लिने भनि प्रश्न तेर्साएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!