त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन्। जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । उनीहरुलाई लिन दुबै जहाज काठमाडौं आइसकेका छन् । त्यस्तै, मलेसियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड उडान गर्ने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो।
कतार एयरवेजको जहाज शनिबार दिउँसो दोहाहुँदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ। आजै मलेसियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेसिया एयरलाइन्सबाट फिर्ता लैजानेछ । नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा रहेका नागरिकलाई काठमाडौँ जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गरिरहेको छ।
नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन्। लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावास मार्फत् नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडान मार्फत् लगिरहेका हुन् ।
Insert your Ads code here
लकडाउनको आज १२औँ दिनको अवधिसम्म एक हजार पाँच सयभन्दा बढी विदेशी नागरिक फर्किसकेका छन्।