Loading... आजः आइतबार , बैशाख १४, २०८२

चालकहरूलाई साह्रै दुःख भइरहेको छ सरकारले आर्थिक सहयोग गरिदिओसः एनएसटीडीए


मगन,24 अप्रेल । उत्तर सिक्किम पर्यटक वाहन चालक संगठन (एनएसटीडीए) ले आफ्नो चालक सदस्यहरूको आर्थिक स्थिति कमजोर भएको कारण राज्य सरकारलाई आर्थिक सहायताको माग गरेको छ। अहिले महामारी कोभिड 19 को कारण लकडाउनले अहिले पर्यटकीय मौसम भएर पनि कुनै कमाई गर्न नसक्ने स्थिति भएको कारण राज्य सरकारबाट आर्थिक सहयोग गरिदिनुपर्ने माग गरेका छन्। संगठनका महासचिव राम कुमार दर्जीले टोकन ट्याक्स, इएमआई अनि इन्स्योरेन्सको समस्या एकातिर छदैँछ तर त्यो भऩ्दा ठूलो समस्या अहिले चालकहरूको परिवारलाई के खाने भन्ने छ। किन भने चालकहरूको अहिलेसम्म वेतन थोरै हुने गरेको अनि त्यसमा पनि अहिले लकडाउन भएपछि मालिकपक्षले आधा वेतन मात्र दिने निर्णय गरेको हुनाले सरकारबाट आर्थिक सहयोग अनिवार्य हुन गएको बताए। उनले उत्तर जिल्लामा पर्यटक खेपेर जीवन धान्न चालकहरूलाई अहिले निक्कै ठूलो आर्थिक संकट आइपरेको बताए। अहिले धेरैले घरभाडा तिर्ने र बाल बालिकाहरूले एक छाक मासु खान्छु भन्दा समेत पैसा निकाल्ने अवस्था नरहेको हुनाले दैनिक रूपमा संगठनलाई निरन्तर फोन गरेर आर्थिक मद्दत मागिरहेको तर संगठन पनि गत नोभेम्बर महिनामा मात्रै गठन गरिएको हुनाले आर्थिक रूपमा संगठन कमजोर भएको कारण सबैलाई सहयोग गर्न नसकिने बताए। यसैगरि राज्य सरकारले अप्रवासी मजदूर र अन्यलाई आर्थिक सहयोग समेत गरिरहको हुनाले यस्तै आर्थिक सहयोग चालकहरूलाई पनि गरिदिनुपर्ने माग गरे। यसका साथै संगठनको तर्फबाट लकडाउन खोल्ने बारेमा कुनै चिन्ता नभएको अनि राज्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन पूर्ण रूपमा सरकारको पहलको समर्थन गरिरहने अनि चालकहरूको तर्फबाट गर्न सकिने सहयोग र पहलहरू पनि गरिरहने बताए। संगठनमा 350 जना जति चालक सदस्यहरू रहेको अनि अहिले सरकारले मालिक पक्षलाई नभएर केवल खटिखाने चालकलाई मात्र आर्थिक सहयोग गरिदिनुपर्ने आग्रह गरे। यसैगरि वाहन किनेर कमाई गर्न नसकेको कारण इएमआई भुक्तान गर्न पनि नसकिरहेको अवस्थामा सरकारबाट इएमआईमा छुटको व्यवस्था पनि गरिदिए असल हुने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!