Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिकित्सकलाई नै चकित पार्ने गरी प्रधानमन्त्री ओली सक्रिय


फाइल तस्बिर

मिर्गौला प्रत्यारोपणपछि आराम गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओली एकाएक सक्रिय हुन थालेका छन्। सामान्य अवस्थामा आउनका लागि छ महिना लाग्ने चिकित्सकलाई नै चकित पार्ने गरी प्रधानमन्त्री ओली सक्रिय हुन थालेका हुन्।

कोरोनाविरुद्धको सार्क मुलुकका सरकार प्रमुखहरुको बैठकमा हिजो नै भिडियो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले आज दिउँसो मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

Insert your Ads code here

मंसिर ५ गते मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्री हेरफेर गरेपछि एकपटक मात्र बैठक बसेको थियो। नयाँ मन्त्रीहरुलाई बधाई दिनका लागि मन्त्रिपरिषद हेरफेर गरेको भोलिपल्ट मंसिर ६ गते ओलीले मन्त्रिपरिषद बैठक बोलाएका थिए। त्यसपछि प्रधानमन्त्री ओली अकस्मात एपेन्डिसाइटिसको बिरामी भएर अस्पताल भर्ना भएपछि मन्त्रीपरिषदको बैठक बस्न सकिरहेको थिएन।

आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो। ओली १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएर बिहीबार बालुवाटार फर्केका थिए। उनले हिजोबाट राजनीतिक भेटघाट सुरु गरेका छन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आइतबार पार्टीका शीर्ष नेताहरुलाई बालुवाटारमै बोलाएर झण्डै दुई घण्टा छलफल गरेका थिए।

चिकित्सकहरुले केही दिन आराम गर्न सुझाएपछि उनले केही दिन बालुवाटार निवासमै बसेर आराम गरेकाेे नागरिक खबरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!