Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिकित्सकले जागिर छाड्ने क्रम शुरु ?


फाइल तस्बिर

डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना चिकित्सकले काम छोडेर गएकाे समाचार प्राप्त भएको छ। काेराेना भाइरसकाे महामारी फैलिन थालेपछि दुवै जना डाक्टरले पारिवारिक समस्या देखाएर काम छाडेको हुन।

काठमाडौंबाट आएका ती दुई चिकित्सक करारमा डडेल्धुरा अस्पतालमा काम गरिरहेका भए पनि पछिल्लो समयमा कोरोना माहामारीको प्रकोप फैलिरहेको अवस्थामा काम नगर्ने भन्दै गएको अस्पताल स्रोतले जानकारी दिएको छ। एक जनाको बुवा बित्नुभएको र अर्कालाई पनि पारिवारिक समस्या भएपछि काम नगर्ने निर्णय लिएको बताइएको छ। उनीहरुले अन्य पारिवारिक समस्या देखाए पनि कोरोना भाइरस कोभिड-१९ भाइरसको महामारीमा जोखिम हुने भएकाले पारिवारका सदस्यका दबाबका कारण जागिर छोडेको हुनसक्ने अाशंका गरिएको छ।

Insert your Ads code here

ती दुई डाक्टर डडेल्धुरा अस्पतालमा १० दिनअघि मात्रै आएका थिए। केही दिन अगाडी मात्रै काम गर्ने इच्छा देखाएर आएका चिकित्सकले एकाएक अस्पताल छाडेर जानुका पछाडी कोरोना महामारिको डर नै रहेको बुझ्न सकिन्छ नाम नबताउने शर्तमा एक कर्मचारीले बताए। डडेल्धुरा अस्पतालमा कोरोनाको उपचारमा खटिने चिकित्सकका लागि अत्यावश्यक सामग्रीको अभाव छ। अाफ्नाे ज्यान जाेखिममा पारेर काम गर्न डाक्टर र नर्सलाई निकै बाध्यता थाेपरिएकाे छ। त्यसैले पनि चिकित्सकले त्रास र अात्मसुरक्षाका लागि जागिर छाेड्ने क्रम शुरु भएको हो कि अाशंका बढेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!