Loading... आजः शनिबार , श्रावण १२, २०८१

चितवनका मुख्य न्यायाधीश हिरो बन्न खोजेका हुन्?


चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश माननीय हेमन्त रावल भीडबाट प्रभावित भएर हिरो बन्न खोजेका हुन्? पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो रेकर्डका आधारमा सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेससिहत तीन जनाको नाम पोलेका थिए। सोही भिडियोलाई विधि विज्ञान प्रयोगशालादेखि चिकित्सक र विशेषज्ञहरुले जाँचबुझ गर्दा मृतक शालिकरामकै आवाज ठहरिएको थियो। त्यहाँ शालिकरामले यी तीनबाहेक अरु कसैलाई मुछेका थिएनन्। विधि विज्ञान प्रयोगशालाले मात्र होइन विशेषज्ञ र चिकित्सकहरुले त्यो भिडियो मृतककै रहेको सम्मानित अदालतसमक्ष बकपत्र दिएका थिए। त्यही र मृतकका परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले रवि लामिछानेसहित युवराज र रुकुविरुद्ध गत बर्ष भाद्र १ गतेदेखि लागू भएको मुलुकी ऐन अनुसारको आत्महत्या दुरुत्साहनसम्बन्धी मुध्दा चलाएको हो। शुरुमा धरौटीमा छाडेका उनै न्यायाधीश हेमन्तले यी तीनै व्यक्तिलाई भर्खरै सफाईको फैसला सुनाएका छन्। अहिले पात्रहरु हामीमाथि हुँदै नभएको दोष लगाइयो भनी आफ्नो च्यानलमार्फत सफाइ दिदैछन्। र, आफूहरुलाई अदालतले निर्दाेष ठहरायो भन्दैछन्। बुझ्नुपर्ने कुरा के हो भने,यो नै मुद्दाको अन्तिम किनारा होइन,शालिकरामका आफन्त र सरकारी वकिल कार्यालय अझै उच्चदेखि सर्वाेच्च अदालतसम्म जाने तयारीमै छन्, जनअास्था साप्ताहिकमा समाचार छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!