Loading... आजः शनिबार , श्रावण १२, २०८१

चितवनमा बाढीले बगाएर एउटा गैँडा मर्‍यो


राप्ती नदीले बगाएर चितवन राष्ट्रिय निकुन्जमा एउटा गैँडा मरेको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजिक नदीमा बुधबार मृतावस्थामा गैँडा फेला परेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो। मेघौली नजिक राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिनुभयो। उहाँका अनुसार नदीमा रहेको गैँडालाई बाहिर ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ।

यसअघि २०७४ सालमा आएको बाढीका कारण बगाएका १३ वटा गैँडा उद्धार गरिएको थियो। यसै महिनामा मात्र भारत पुगेको एक गैँडा नेपाल आएको मौका पारेर उद्धार गरिएको छ। त्यतिबेला राप्ती र नारायणी नदीको बाढीले वन्यजन्तु बगाएर कतिपय मरेका थिए।

Insert your Ads code here

यस वर्ष प्राकृतिक कारणले गैँडा मरेको यो पहिलो हो। गत आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वनमा प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए। यसमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुईवटा वन क्षेत्रमा गैँडा मरेका हुन्।

रासस

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!