Loading... आजः शनिबार , श्रावण १२, २०८१

चितवनमा हात्ती सुन्दरी प्रतियोगिता


चितवन हात्ती महोत्सव अन्तर्गत हिजो बिहिबार सौराहामा फरक दृष्य हेर्न पाइयो। बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा अघिल्ला दिन हात्तीको बनभोज, फुटबल, पोलो हेरेर रमाएका दर्शकका लागि ‘हात्ती सुन्दरी’ प्रतियोगिता नौलो बन्यो।

बेहुलीझैं सिँगारिएका हात्ती दर्शकदीर्घामा ‘क्याटवाक’ गरिरहँदा मैदानमा रहेका निर्णायकहरू ध्यानपूर्वक नियालिरहेका देखिन्थे।
टाउकोमा कालो, आँखामा गाजल, नङमा पालिस लगाएका हात्तीहरू क्याटवाक गरिरेका थिए। सबैलाई मोहित बनाउँदै बफकिङकली हात्ती सुन्दरी प्रतियोगिताको उपाधी चुम्न सफल भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। चितवन हात्ती महोत्सव अन्तर्गत गरिएको हात्ती सुन्दरी प्रतियोगिताको फाइनल प्रतिस्पर्धी अन्य दुई हात्तीलाई पछि पार्दै होटल ब्यवसायी ज्ञानेन्द्रकुमार विष्टको ३५ वर्षको बफकिङकली विजेता बनेको हो।

प्रतियोगितामा बलराम दाहालको चम्पाकली फस्ट रनरअप र गोकर्ण गिरीको जयमतिकली सेकेण्ड रनरअप भए। प्रतियोगितामा युनाइटेड हात्ती संचालन सहकारी संस्थामा आवद्ध पाँच हात्ती सहभागी थिए। निर्णायकको प्रश्नको सामना हात्तीले माहुतेको इशाराबाट गरे। उनीहरुले हात्तीको सुँड, दारा, खुट्टा, चिल्लो पना, हिँडाइ र माहुतेको आनीबानी बुझेर निर्णय गरेका थिए। हात्तीको श्रृंगार, अनुशासन र हात्तीको स्वास्थ हेरिएको थियो।

Insert your Ads code here

उत्कृष्ट सिँगारपटार, क्याटवाक र माहुतेसँगको राम्रो सम्बन्धका कारण उपाधी पाएको हो। दर्शकले बनभोजपछि सबैभन्दा बढी रुचाएको प्रतियोगिता ‘हात्ती सुन्दरी’ हो। यस्तो प्रतियोगिताले हात्तीलाई सुन्दर र स्वस्थ राख्न प्रेरणा दिन्ने महोत्सवका मूल संयोजक राममणी खनालले बताउनुभयो।

गत शनिबार पहिलो चरणबाट तीन हात्ती फाइनलमा पुगेका हुन्। निर्णायकहरूले हात्तीको नङ, सुँड, कानमा ध्यान लगाएर हेरेका थिए। वन्यजन्तुलाई सफा र सुन्दर राख्नपर्छ भनेर प्रतियोगिता गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो। वन्यजन्तुलाई माया गर्नुपर्छ भन्ने सन्देश दिएको आयोजकले जनाएको छ। पौष १० गतेबाट सौराहामा हात्ती महोत्सव संचालन गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!