Loading... आजः शनिबार , श्रावण १२, २०८१

चित्रकार दीपा राई सिक्किम अकादमीको सदस्य मनोनित


गान्तोक, 6 मार्च। सिक्किमका चित्रकार तथा कवि दीपा राईलाई सिक्किम अकादमीको साधरण परिषदको एक सदस्य मनोनित गरिएकोछ। ओभिया आर्टस सर्कलकी अध्यक्षा दीपा राईलाई सिक्किम सरकारले आगामी तीन वर्षको निम्ति अकादमीको साधरण परिषदको सदस्य मनोनित गरेको छ। जुन कलाको क्षेत्रमा कार्य गर्ने युवा कलाकारलाई प्रदान गरिएको अवसरको रूपमा हेरिएको छ। जसले युवा कलाकारहरूको निम्ति अझ थप प्रोत्साहन र उर्जाको रूपमा काम गर्न सक्ने सर्कलको ठम्याइ रहेको छ।

उनको नियुक्तिलाई लिएर ओभिया आर्टस सर्कलले खुसी व्यक्त गर्दै राज्यपाल र मुख्यमन्त्री, संस्कृति विभागका सचिव तथा अकादमीका अध्यक्षलाई आभार प्रकट गरेको छ। सर्कलका महासचिव दीवाकर लामिछानेले प्रेस बयान जारी गर्दै खुसी व्यक्त गरेका छन्। चित्रकाल दीपा राईलाई सर्कलका कार्यकारी सदस्यहरूले खादा माला लगाएर बधाई दिएका छन्। दीपा राईले लामो समयदेखि चित्रकला र साहित्यलाई लिएर कार्य गरिरहेकी छन्। उनले राष्ट्रिय स्तरको विभिन्न चित्रकला कार्यशाला र अन्तरराष्ट्रीय स्तरका साहित्यिक कार्यक्रममा सिक्किमलाई प्रतिनिधित्व गरिसकेकी छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!