चीनको अनुदानमा नेपाल ल्याइएको मेडिकल सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ। सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मन्त्री भानुभक्त ढकाललाई मेडिकल सामग्री हस्तान्तरण गरेकी हुन्।
शुक्रबार र शनिबार चीनबाट स्वास्थ्य सामग्री नेपाल ल्याइएको थियो। चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन्।
हतान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनले सधैं नेपाललाई अप्ठ्यारो परेका बेला सहयोग गर्दै आएको र आपतमा सहयोग गर्ने नै असल छिमेकी भएको भन्दै चीनको प्रशंसा गरे।
Insert your Ads code here
त्यसैगरी स्वास्थ्य सामग्ररी हस्तान्तरण गर्दै राजदूत यान्छीले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको र नेपाललाई पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन्। नेपालको संकटमा चीन सदैव साथ रहेको भन्दै राजदूत यान्छीले आश्वस्त पारेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।