Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिनियाँ कामदार नफर्केपछि न्यादी जलविद्युत् आयोजनाको निर्माण ठप्प


चिनियाँ प्राविधिक र कामदार नफर्केपछि उत्तरी लमजुङको ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण एक महिनादेखि ठप्प छ। निर्माणमा खटिएका चिनियाँ प्राविधिक नयाँ वर्ष मनाउन एक महिनाअघि चीन गएका र कोरोना भाइरस संक्रमणको महामारीका कारण नफर्किएका कान्तिपुर अनलाइनले लेखेको छ।

घर पुगेको बेलामा कोरोना महामारी फैलिएपछि चीन सरकारले आफ्ना नागरिकलाई बाहिरी देश जान प्रतिवन्ध लगायो। त्यसपछि उनीहरु फर्किन सकेका छैनन्। जनवरी ४/५ तारिखमा गएका चिनियाँ प्राविधिक फेब्रुअरी ४/५ तारिखसम्म फर्किन नसकेपछि आयोजनाको निर्माणकार्य ‘बन्द’ भएको हो। आयोजनाको निर्माण चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेशन कम्पनी लिमिटेडले गरिरहेको छ। कोरोनाका कारण चिनियाँ आउन नसकेपछि नेपाली कामदारमात्रैले केही गर्न नसक्ने आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाले बताउनुभयो।

आयोजना निर्माणमा चिनियाँ कामदार ६१ जना छन्। निर्माण कम्पनीका मुख्य व्यक्ति, सुपरभाइजर, ईन्जिनियरसहित प्राविधिक सबै चीन हिँडेका छन्। आयोजनामा काम गर्ने ४ जनाबाहेक सवै चिनियाँ नयाँ बर्ष मनाउन घर गएका थिए। घर गएकामध्य २ चिनियाँ मात्रै फर्केका र ५५ जना चीनमै रहेका गड्तौलाले बताउनुभयो।

Insert your Ads code here

निर्माण कम्पनीकै मान्छे नभएपछि आयोजनाको निर्माणकार्य १ महिनादेखि अगाडि बढ्न नसकेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताउनुभयो।

आयोजनाले आगामी बैशाख ६ गते विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। ८० देखि ८५ प्रतिशत निर्माण सकेको आयोजनाको बढी काम हेडवक्सको गर्न बाँकी रहेको गड्तौलाले बताउनुभयो। उहाँका अनुसार हेडवर्क्समा ६० देखि ७० प्रतिशत काम सकिएको छ। सुरुङ निर्माणकार्य ९० प्रतिशत सकिएको छ। पावरहाउसमा ८५ प्रतिशत सकिएको छ। बाँकी १५ प्रतिशत इलेक्ट्रोमेकानिकलको रहेको र सामग्री आउने क्रममा रहेको उहाँले बताउनुभयो।

साविक बाहुनडाँडा र भुलभुले गाविसको सीमा (मर्स्याङदी गाउँपालिका ६ र ७ बीच) ङादीखोलामा निर्माणाधिन आयोजनामा वुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनी (लेड्को)को २ दशमलव ७८ प्रतिशत लगानी रहेको छ।

४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन गरिएको आयोजना निर्माण सक्ने मितिसम्म ब्याजसहित ६ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ। आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीको लगानी रहेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!