Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिनियाँ कामदार फर्किन नपाउँदा निर्माणाधीन सिमेन्ट उद्योगकको काम अधुरै


चिनियाँ लगानीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगमा निर्माण काम ठप्प भएको छ । निर्माणमा खटिएका ७ सय प्राविधिकमध्ये ४ सय जना कोरोना फैलन नपाउँदै नयाँ वर्ष मनाउन माघ पहिलो साता चीन गएका थिए। उनीहरू काममा नफर्किंदा उद्योग निर्माणको काम ठप्प भएको हो ।

उद्योगका स्थानीय व्यवस्थापक तुलसीजंग थापाले भन्नुभयो, ‘धमाधम काम भइरहेको थियो, मुख्य खानीसम्म पनि सडक मार्ग पुर्‍याइसकिएको छ, जेठदेखि नै उत्पादन आरम्भ गर्ने लक्ष्य थियो । चिनियाँ प्राविधक फर्कन नपाएकाले उत्पादनमा ढिलाइ हुने भएको छ । आगामी कात्तिकबाट उत्पादन सुरु गर्ने लक्ष्य लिएका छौं ।’

निर्माणाधीन उद्योगमा रहेका तीन सय चिनियाँ नागरिकको स्थानीय प्रशाासनले निगरानी बढाएको छ । दैनिक रूपमा प्रहरी आएर संख्या गणना गर्ने गरेको छ । ‘बिदा मनाएर फर्कने दुई सय प्राविधिक क्वारेन्टाइनमा बसेको भन्ने खबर प्राप्त भएको छ । हाल भइरहेका बाहेक थप चिनियाँ आए/नआएको बारे हामी सतर्कता अपनाउने छौं,’ बेनीघाट गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताउनुभएको कान्तिपुर अनलाइनले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!