Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिनियाँ चिकित्साकर्मी दिवसको उपलक्ष्यमा सी चिनफिङद्बारा हार्दिक शुभकामना र अभिवादन


चिनियाँ चिकित्साकर्मी दिवसको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले केन्द्रीय समितिको तर्फबाट देशका सबै चिकित्साकर्मीहरूलाई हार्दिक शुभकामना र अभिवादन प्रकट गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चिकित्साकर्मीहरू स्वास्थ्य कार्यलाई अघि बढाउने महत्वपूर्ण शक्ति हुन्, भन्नुभयो। उहाँका अनुसार, नयाँ कोरोना महामारी देखा परेयता अधिकांश चिकित्साकर्मीहरूले रोग निवारण र नियन्त्रण गर्ने पहिलो लाइनमा पुगेर समयसँग दौडिएको तथा रोगसँग प्रतिस्पर्धा गरेर दिनरात नभनी अथक प्रयासद्वारा रोग प्रतिरोध तथा नियन्त्रणमा ज्यादै महत्वपूर्ण योगदान गरेका छन्।

चिकित्साकर्मीहरूले जनता र जीवनलाई प्राथमिकतामा राख्ने सिद्धान्तलाई कायम राख्नुका साथै चिकित्सा कार्यलाई अघि बढाउन, स्वस्थ चीनको निर्माण गर्न र जनताको स्वस्थ्यलाई प्रवर्द्धन गर्नका लागि नयाँ योगदान गर्दै जाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!