Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिनियाँ जनजीवन सामान्य हुँदैगएकोमा खुशी व्यक्त


चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जी २० सम्मेलनमा गर्नुभएको सम्बोधन हालको परिप्रेक्ष्यमा अति उपयुक्त र सान्दर्भिक भएको नेपालको नयाँ पिपुल्स पार्टीका अध्यक्ष दिनेश खनालले बताउनुभएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले जी २० का राष्ट्रप्रमुखसँगै विश्व स्वास्थ्य संगठन र मातहतका अन्तरराष्ट्रिय समुदायसँग एक भएर कोरोना भाइरस (कोभिड १९) विरूद्ध लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

हाल विश्व भाइरस महामारीको अवस्थामा रहेको बेला राष्ट्राध्यक्ष सीले जाहेर गर्नुभएको प्रतिबद्धता स्वागतयोग्य भएको पनि जनाउनुभयो। उहाँले चीनको कोरोना भाइरसविरूद्धको लडाइ अति सराहनीय भएको बताउँदै चीन र चिनियाँ जनतालाई आभार पनि प्रकट गर्नुभएको छ ।

हाल नेपाल लकडाउनको अवस्थामा रहेको र उक्त तरिका चीनबाट नै सिकेको भन्दै लकडाउनबाट नेपाल पनि भाइरसविरूद्धको लडाइमा सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै चीनमा भाइरस सङ्क्रमण घट्दै गइरहेको र जनजीवन सामान्य हुँदैगएकोमा तथा उहान शहर पनि छिटै खोल्ने सुनेर धेरै खुशी लागेको पनि बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!