चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल पुर्याइदिएको छ। बुधबार बिहान चीनको छङ्तुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री पुर्याइदिएको हो।मेडिकल समाग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ बजेतिर अवतरण गरेको अनलाइन खबरले जनाएको छ।
स्वास्थ्य सामग्रीमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले जानकारी दिएका छन्। ‘यो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएको हो,’ ती अधिकारीले भने, ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले यो सामग्री प्रयोग गर्नेछ।’
सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त गर्यो भन्ने कुरा खुलाइएको छैन।
Insert your Ads code here
यसअघि चीन सरकारले नेपाल सरकारलाई पनि मेडिकल सामग्री सहयोग गरेको थियो।