अाजदेखि शुरु हुने चिनियाँ नयाँ बर्ष (मुसा बर्ष) २०२० को अवसरमा रास्ट्रपति बिध्यादेवी भण्डारीले आफ्ना समकक्षी सि जिन्फिङ्गसहित त्यहाँका जनताको नाममा भिडियो सन्देश पठाउनुभएको छ।
बुधबार दिउँसो शीतल निवासमा रेकर्ड गरिएको उक्त सन्देश ५ मीनेट ३० सेकेण्डको छ। टेलिपृन्टर बिधिबाट पढिएको सन्देश दुई देशवीच परापूर्वकालदेखि चलिआएको मैत्रीपूर्ण असल छिमेकीपनका समग्र पक्ष र हालै सम्पन्न उच्चस्तरीय भ्रमणका उपलब्धिहरुमाथि आधारित छ। नेपाली भाषामा पठाइएको सन्देशलाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (CRI) की नेपालस्थित सम्बाददाता श्रीमती बर्षा (चाङ्ग युए) ले आफ्नो मातृभाषामा अनुवाद गरी आज २४ रास्ट्रपति सिसमक्ष प्रस्तुत गर्ने र लगत्तै टेलिभिजन च्यानलहरुबाट प्रशारण हुने कार्यक्रम रहेको बताइन्छ। यस्तो सन्देश जापानी प्रधानमन्त्री सिन्जो आबेलगायतबाट संकलन गरिसकिएको छ। यसखाले प्रत्यक्ष भिडियो सम्वाद प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसङ्ग दुईचोटी गरिसक्नुभएको छ भने रास्ट्रपतिको तहमा रेकर्डेड सन्देश बाहिर पठाउनेचाहिँ यो पहिलो अभ्यास हो।