चिनियाँ नेतासँग पूर्वप्रम नेपाल लगायतको भिडियो कुराकानी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख, वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितले चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग झण्डै तीन घण्टा लामो छलफल गर्नुभएको छ। नेकपाभित्र राजनीतिक संकट गुज्रिरहेका बेला दुई देशका कम्युनिष्ट पार्टीबीच कोरोनाको विषयमा केन्द्रीत रहेर छलफल भएको हो।
चिनियॉ कम्यूनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सुङ्ग थाअाे, प्रोफेसर चाेङ्ग नान शान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित तीन घण्टा लामो भिडियो कन्फेरेन्स भएको हो।
कोरोना भाइरस (कोभिड–१९) को चुनौति सामना र सहकार्यबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विदेश मामला विभाग प्रमुख माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल, सातअाेटै प्रदेशका पार्टी ईञ्चार्ज (पृथ्वीसुब्बा गुरुङ बाहेक) र डाक्टरहरूले आज चिनियॉ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सुङ्ग थाअाे, प्रोफेसर चाेङ्ग नान शान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित दुई घण्टा लामो भिडियो कन्फेरेन्स सम्पन्न भएको छ। बैठकपछि वरिष्ट नेता नेपालले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अाफ्नाे फेसबुक पेजमा लेख्नुभएको छ: “कोरोना भाइरस (कोभिड-१९) को चुनाैति सामना र सहकार्यबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विदेश मामला विभाग प्रमुख माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल, सात वटै प्रदेशका पार्टी इन्चार्ज (पृथ्वीसुब्बा गुरुङ बाहेक) र डाक्टरहरूले आज चिनियाॅ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित तीन घण्टा लामो भिडियो कन्फेरेन्स सम्पन्न भयाे।”
तपाइँकाे प्रतिक्रिया
