Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिनियाँ राजदूतद्वारा नवनिर्वाचित सभामुखसँग भेट


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटासँग हिजो भेटवार्ता गर्नु भएको थियो। सभामुखको सपथ लिएलगत्तै सापकोटालाई भेट्न चिनियाँ राजदूत हाउ संघीय संसद सचिवालय सिंहदरवार पुग्नु भएको थियो।

राजदूत यान्छीले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिन जानु भएको हो। सभामुख भएपछि सबभन्दा पहिला भेट्ने कूटनीतिज्ञ नै चिनियाँ राजदूत होउ हुनु भएको हो।

सभामुख र राजदूतबीचको कुराकानीलाई रुपक सापकोटाले सहजीकरण गर्नु भएको थियो। चिनियाँ राजदूत होउले चिनियाँ भाषामा बोल्नु भएको कुरालाई रुपकले नेपाली भाषामा उल्था गरेर सभामुख सापकोटालाई बुझाउनु भएको थियो भने सभामुख सापकोटाको भनाइलाई चिनियाँ भाषामा उल्था गरेर रुपकले राजदूत होउलाई सुनाउनु भएको थियो। उहाँहरूबीच आधा घण्टा कुराकानी भएको थियो।

Insert your Ads code here

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक समेत रहनु भएका रुपक सापकोटा सभामुख सापकोटाका माइला छोरा हुनुहुन्छ। उहाँले चीनको रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गर्नु भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!