नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका विभिन्न नेताहरूसँग भेटवार्ता गर्नुभएको छ। मंगलबार बिहान उहाँले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गर्नुभयो। खनाल निवास डल्लुमा उहाँहरूबीच करिब ४५ मिनेट कुराकानी भएको थियो।
कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको अनलाइनखबरले लेखेको छ।
नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ । यसअघि उहाँले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालसँग पनि भेटवार्ता गर्नुभएको थियो।
Insert your Ads code here
नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ । चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरेका छन्।
नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको थियो।