Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिनियाँ राष्ट्रपति सीले पठाए प्रधानमन्त्रीलाई स्वास्थ्यलाभकाे सन्देश


फाइल तस्बिर

चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै स्वास्थ्यलाभको कामना गरेका हुन्।

सन्देशमा उनले चीन सरकार, चिनियाँ नागरिक र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

Insert your Ads code here

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले सम्बन्धलाई थप गतिशील बनाउन तथा दुई देशका जनताको हितका खातिर द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका छन्।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

प्रधानमन्त्री ओलीको फागुन २१ गते दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरिएको हो। रासस

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!