चिनियाँ राष्ट्रपति सीसँग प्रचण्डले गरेका थिए यस्तो प्रतिबद्धता
दुई बर्षअघि चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 2017 मार्च 27 तारिख जन वृहत्त सभा भवनमा नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो।
राष्ट्राध्यक्ष सीले चीन र नेपालको मैत्रीपूर्ण सहयोग दुई मुलुक र दुई मुलुकका जनताको मूलभूत हितसित अनुकूल भएको बताउँदै चीन र नेपालको सम्बन्ध गहिरो रुपमा विकास भएको औंल्याउनु भएको थियो। दुई मुलुकले अन्तरसन्जाल तथा अन्तरकार्य, प्रकोपपछिको पुनःनिर्माण, आधारभूत प्रबन्ध, जन स्तरको आदान-प्रदानआदि क्षेत्रहरूको सहयोगलाई स्थिरताका साथ अगाडि बढेको बताउनु भएको थियो। सीले दुई पक्षले चीन र नेपालको सम्बन्धको विकासको सकारात्मक प्रवृत्तिको संरक्षण गर्न, चीन र नेपालको मैत्रीपूर्ण सहयोगको नयाँ अध्याय उघार्न प्रयास गर्नुपर्ने पनि बताउनु भएको थियो।
यसका साथै सीले चीन र नेपालले “एक पेटी एक मार्ग”लाई सुअवसरको रुपमा लिएर अन्तरसन्जाल तथा अन्तरकार्य, स्वतन्त्र व्यापार, कृषि, ऊर्जा स्रोत, प्रकोपपछिको पुनःनिर्माणआदि क्षेत्रहरुको सहयोगलाई अगाडि बढाउने, पर्यटन, सँस्कृति, युवा, सञ्चार-माध्यमआदि क्षेत्रहरूको सहयोग तथा आदानप्रदानलाई सबल पार्नुपर्ने पनि बताउनु भएको थियो। चीनले नेपालसँग संयुक्त राष्ट्र संघआदि बहुपक्षीय संस्थानहरूभित्रको सहयोगलाई बढाउने, जलवायु परिवर्तन, दिगो विकासआदि समस्याहरूका अडानलाई समन्वय गर्ने, साझा हितको संरक्षण गर्ने आशा लिएको पनि उहाँले व्यक्त गर्नुभएको थियो।
भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले चीनले लामो समयदेखि नेपाललाई दिँदैआएको समर्थन र विशेषत नेपालको प्रकोपपछिको पुनःनिर्माणका लागि उपलब्ध गराएको सहयोगप्रति नेपालले कृतज्ञता ज्ञापन गरेको बताउनु भएको थियो। नेपालले “एक पेटी एक मार्ग” प्रस्तावको समर्थन गरेको, चीनसँग व्यापार तथा लगानी, यातायात, आधारभूत प्रबन्ध, पर्यटन, उड्डयनआदि क्षेत्रहरूको सहयोगलाई विस्तार गर्ने आशा लिएको पनि प्रचण्डले बताउनु भएको थियो।
यसैगरी चीन भ्रमणको समय नेपाल-चीन सम्बन्धमा तत्कालीन प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल प्रचण्डले पैचिङ्गस्थित नेपाली दूतावास र पैचिङ्ग फरेन स्टडिज युनिभर्सिटीको आयोजनामा आईतबार आयोजित नेपाल चीन सम्बन्धःविकास र समृद्धिका संभावनाहरु विषयक कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।
साेही समय तत्कालीन प्रधानमन्त्री तथा हालका नेकपाका अर्का अध्यक्ष कमरेड प्रचण्डले भ्रमण टाेलीका साथमा ग्रेटवालकाे पनि भ्रमण गर्नुभएको थियो।