Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा यांत्सी नदीको निरीक्षण


चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले १९ तारिख निरन्तर रुपमा आन्ह्वैको निरीक्षण गर्ने क्रममा यांत्सी नदीको पनि निरीक्षण गर्नुभयो। उहाँले सर्वप्रथम मा आन शान शहरमा अवस्थित स्युए च्या वा पर्यावरणीय उद्यान गएर वास्तविक रुपमा यांत्सी नदीको अवस्था, बग्ने क्षेत्रको मिलिजुली व्यवस्थापन र पर्यावरणीय वातावरणको सँरक्षण आदि अवस्थाको निरीक्षण गर्नुभएको हो। त्यसपछि उहाँले चीनको पाउ माकाङ गुट गएर व्यवसायको उत्पादन र कार्य पुन:शुरु भएको र सम्बद्ध सञ्चालन अवस्थाबारे जानकारी लिनुभएको छ।


प्राप्त जानकारी अनुसार, चीनको पाउ माकाङ गुट चीनको सबैभन्दा ठूलो इस्पात गुट अर्था्त पाउ गुट र माकाङ गुटले गत सन् २०१९ को सेप्टेम्बरमा संयुक्त रुपमा पुन: गठन गरेका हुन्। त्यसको उत्पादन क्षमता लगभग १० करोड टन पुगेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!