Loading... आजः शनिबार , श्रावण १२, २०८१

चियाकमानहरूमा बीस प्रतिशतको दरमा बोनस वितरण गर्नु पर्ने प्लान्टेशन लेबर युनियनको माग


मिरिक,18 सितम्बर। गोर्खा जनमुक्ति मोर्चा विनय खेमाको श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन मिरिक महकुमा समितिको एउटा सांगठनिक सभा गोजमुमो मिरिक महकुमा किरण राईको अध्यक्षतामा गोजमुमो मिरिक महकुमा कार्यालयमा भयो।सभामा युनियनका विभिन्न शाखाका प्रतिनिधिहरू लगायत युनियनका मिरिक प्रभारी प्रणाम रसाई,गोजमुमो मिरिक महकुमा अध्यक्ष समीर राई,गोजमुमो मिरिक महकुमा संयोजक कमल खड्का, गोजमुमो सियोक गोपालधारा ओकाइटी समष्टि अध्यक्ष अमित याखा देवान,सचिव प्रवीण राई,मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष मिलेस राई,सौरेनी समष्टि सचिव बिनय सुब्बा आदि पनि उपस्थित थिए।सभामा चिया श्रमिकहरूले भोग्न परेको विभिन्न समस्या लगायत यसवर्षको पूजा वोनसबारे पनि चर्चा भयो।युनियनको साँगठनिक गतिविधि अनि साँगठनिक विस्तारबारे पनि चर्चा भएको सभामा हाल संगठनले चिया श्रमिकहरूको हितमा गरिरहेको कार्यहरूबारे विस्तृत जानकारी गराए। सभामा संगठनलाई दह्रिलो बनाँउने प्रतिबद्धता प्रकट गर्दै युनियनलाई दह्रिलो बनाँउन युनिट कमिटिहरूलाई बलियो बनाइने अनि युनिट कमिटिहरू नभएको ठाँउमा युनिट कमिटि गठन गर्ने निर्णय गरिएको छ।सभाले युनियनको मिरिक महकुमा समितिलाई गठन गर्न एउटा तदर्थ कमिटि गठन गरेको छ जसमा मुख्य संयोजक शरण निरैला,संयोजक योगेस छेत्री,प्रमुख सल्लाहकाररू आरसी शर्मा,किरण राई,सांगठनिक सचिव शिबु राई,कार्याकारी सदस्य नेहरू सुब्बा,योगेन्द्रमणि प्रधान,धुर्ब खवास,सपन भण्डारी,हेमकुमार प्रधानलाई चयन गरिएको छ। यो कमिटिले मिरिक महकुमाको सम्पूर्ण चियाकमानका युनिटका पदाधिकारीहरूलाई लिएर युनियनको पूर्णङ्क मिरिक महकुमा समिति गठन गर्ने भएको छ। यस अवसरमा बोल्दै युनियनका मिरिक महकुमा प्रभारी प्रणाम रसाइलीले यस बर्ष चियाकमानहरूमा बीस प्रतिशतको दरमा बोनस वितरण गर्नु पर्ने युनियनको माग रहेको यसमा हामी अडिग छौं भने।
(मुस्कान खेसाङ राई)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!