Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

चिया कविताको आयोजनमा हुने भविष्यको प्रतिबिम्ब विमोचन तथा नारी कवि सम्मेलन


गान्तोक, 23 जनवरी। सिक्किमबाट साहित्यको निम्ति विशेष पहलको रूपमा राजधानी गान्तोकको माटो कवि जीवन थिङ मार्गमा स्थित रचना बुक्समा हुँदै आएको चिया कविता कार्यक्रमले अहिले केवल कवि गोष्ठीमात्र नगरेर विभिन्न प्रकारको क्रियाकलापलाई अघि बढाउँदै आएको छ। यसैक्रममा चिया कविताको आयोजनमा पुस्तक लोकार्पण र पुस्तक चर्चा जस्ता कुराहरूलाई प्राथमिकताको साथमा अघि बढाइ रहेकोछ। य़सैक्रममा आगमी 25 जनवरीको दिन सिक्किमेली वरिष्ठ नारी हस्ताक्षर सुधा एम राई पर्यवेक्षक रहेको कार्यक्रममा साहित्यकार तथा कवि कल्पना प्रधान प्रियदर्शीकाको दोस्रो कृति कविता सङ्ग्रह भविष्यको प्रतिबिम्ब विमोचन हुने भएको छ। यसैक्रममा सिक्किम अनि दार्जीलिङका नारी कविहरूलाई लिएर कवितामा आधी आकाश 2020 ( सिक्किम-दार्जीलिङका नारी कविहरूको सम्मेलन) आयोजन गरिने भएको छ। चिया कविताका संयोजक प्रवीण खालिङले एउटा प्रेस बयान जारी गर्दै भनेका छन् सिक्किम दार्जीलिङबाट नारी हस्ताक्षरहरूले राम्रैसित कलम चलाइरहेका छन् यद्यपी उनीहरूलाई एउट मञ्चमा सहकार्य गर्ने अवसर जुटाएर दुवै तिरका सर्जकहरूलाई यसरी भेला गरेर उनीहरूलाई आपसी चिनापर्चीसितै काव्यिक संवादमा उभ्याउने प्रयास हो आधी आकाश 2020 । यस अवसरमा कालेबुङ, दार्जीलिङ अनि दक्षिण, पश्चिम र पूर्व सिक्किमका नारी कविहरूले कवि सम्मलनमा भाग लिनेछन् भने कविताबारे चर्चा गर्ने पनि उनले बताएका छन्। कार्यक्रममा सबै साहित्य कविताप्रेमी सबैलाई उपस्थितिको निम्ति निम्तो पनि गरिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!