Loading... आजः शनिबार , श्रावण १२, २०८१

चिया कवितासमूहको साथ रिडिङ रूममा कविता सम्पन्न


नाम्ची 1 मार्च। सिक्किमको चर्चित चिया कविता समूहले राजधानी गान्तोकबाट बाहिर निस्केर दक्षिण सिक्किमको आसाङथाङस्थित दुमी गाउँमा निर्माण गरिएको रिडिङ रूममा आइतबार कवि गोष्ठीको आयोजन गऱ्यो। राज्यका चारै जिल्लाबाट उपस्थित कविहरूले यस गोष्ठीमा आफ्ना रचनाहरू पाठ गरेका थिए। वरिष्ठ अनि कनिष्ठ कविहरूको सङ्गममा भएको कवि गोष्ठीमा 30 अधिक कविहरूले आफ्ना रचना पाठ गरेका थिए।
आसाङथाङका वरिष्ठ व्यक्तित्व लेखक सम्पादक श्रीमती प्रभा राईले स्थापित गरेको नौलो प्रयास रिडिङ रूममा आयोजित चिया कविता र रिडिङ रूमको संयुक्त कार्यक्रम रिडिङ रूममा कवितामा राज्यका सबै क्षेत्रबाट आएका कवि-कथाकार र साहित्यकारहरूले आफ्नो रचना पाठसितै आपासी चिनापर्ची गर्ने मञ्च प्राप्त गरेको छ।
रिडिङ रूमको अवधारणाबारे बोल्दै श्रीमती राईले समाजको निम्ति यो पहल थालिएको अनि विशेष रूपले हाम्रा नानीहरूमा मातृभाषाप्रति घट्दो चासोलाई ध्यानमा राखेर नेपाली भाषा बाल साहित्यको विकास र यसको संरक्षणको निम्ति सबैको तत्परतामा कार्य गरिनु पर्ने बताइन।
आजको रिडिङ रूममा कविता कार्यक्रममा थिरुप्रसाद नेपाल, जयदीप सुब्बा, चन्द्रा राई, दावा वासिव भोटिया, पेमा नर्बू शेर्पा, सरस्वती राई, अमर बानियाँ लोहोरो, सुधा एम राई, प्रविण राई जुमेली, अम्बर गुरुङ लाछिकाठी, एसबी कार्की, जगन दाहाल, दीपा राई, सरमान सुब्बा रसिक, देव कुमार दुमी, प्रविण खालिङ, मातृका प्रसाद शर्मा, डा. नयन राई, दिलिप शर्मा, ग्याल्पो तामाङ, निमा नेसुर र भीम थापाले आफ्नो रचना पाठ गरेका थिए।
चिया कविता समूहको कार्यक्रमलाई सम्बोधन गर्दै कवि प्रविण राई जुमेलीले पाश्चात्य देशहरूको पुस्तक उपहारको उदाहरण दिँदै यस संस्कारले पाठकहरू बढाउन सक्ने पाठ्य संस्कृतिको सिर्जना हुनसक्ने आफ्नो विचार राखे। उनले कुनै पनि भाषामा लेखिएका कविताहरू कविता आफैंमा पूर्ण रहेको हुन्छ। कविले कवितावाचन अघि कविताबारे बोले पाठकको स्वतन्त्रतामा हनन हुन्छ भन्ने विचार राख्दै कविता बुझ्न पाठकलाई पूर्णरूपमा स्वतन्त्र छोडिदिनुपर्ने कुरा राखे। अर्कोतिर यो पहलले राज्यका सबै क्षेत्रका साहित्यप्रेमीहरूलाई जोड्ने प्रयास रहेको संचालक प्रवीण खालिङले बताए। आज सहभागीहरूमा आपसी सम्पर्क बनाइराख्ने र अन्य कार्यक्रमहरूबारे चर्चा परिचर्चा गर्ने दिशामा पहलको निम्ति समूहमा एकबद्ध गराउने पहल भइरहने बताए। कार्यक्रममा कवि साहित्यकार र कथाकारबाहेक स्थानीय आम श्रोता अनि साहित्य प्रेमीहरूको पनि बाक्लै उपस्थिति थियो।
रिडिङ रूमको पहलले आसाङथाङको दुमी गाउँ जस्तो अभेक ठाउँले शिक्षा,ज्ञान र पुस्तकप्रेमको सन्देश नितान्त सराहनीय र अनुकरणीय रहेको सहभागीहरूले मन्तव्यव्यक्त गर्दै एकपल्ट रिडिङ रूममा पुग्नै पर्ने ठाउँको रूपमा अब चिन्हित भएको बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!