Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनका उप परराष्ट्र मन्त्रीद्वारा चीन र अमेरिकाको सम्बन्धबारे चर्चा


चीनका उप परराष्ट्र मन्त्री ल यु छङले अगष्ट ११ तारिख क्वान छा च वेभसाइटअन्तर्गत “चीन मञ्च” कार्यक्रमका कार्यकारी सदस्य हान यलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। यो अन्तर्वार्तामा उहाँले चीन र अमेरिकाको सम्बन्धबारे चर्चा गर्नुभएको छ।

ल युङ छङले चीन शान्तिपूर्ण विकास बाटोमा अडिग लागिरहने र चीनले मानव भाग्य समुदायको सिर्जना गर्ने प्रस्तावित गरेको कुरा बताउनुभयो। उहाँकाअनुसार, चीनले विश्वको शासन गर्ने विचार गरेको छैन। चीनले विश्वलाई लाभ दिने आशा लिएको छ। चीनको विकासको उद्देश्य चिनियाँ जनताले राम्रो जीवन बिताउन प्रत्याभूति गर्नु हो। कोरोना भाइरस महामारी भएयता चीनले एक सय पचासवटा मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई सहायता दिएको, विभिन्न मुलुकसँग महामारीको विरुद्ध अनुभव बाँडेको र विकासोन्मुख मुलुक खास गरी अति अविकसित मुलुकहरूलाई महामारीको सामना गर्न मद्दत दिएको उहाँले बताउनुभयो। विश्व स्वास्थ्य संगठनलाई महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्रियताका साथ समर्थन दिएको पनि उहाँले उल्लेख गर्नुभयो। खोपको अनुसन्धान तथा विकास र वितरण समस्यामा चीनले खोपको अनुसन्धान र विकास गर्न प्रयास गरेको र खोप विश्वको सार्वजनिक उत्पादित-वस्तु हो भन्ने कुराको घोषणा गरेको छ। अमेरिकाले खोपको होर्डिंग गर्ने योजना गरेको र आफ्नो हित देखाएको छ।

जनताको सामु कठिनाइ र प्रकोप देखापरेको बेलामा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरू सबैभन्दा अगाडि हिँडेका छन्। आकस्मिक कोरोना भाइरस महामारीको सामना गर्न चिनियाँ कम्युनिष्ट पार्टीका तीन करोड नब्बे लाख जना सदस्य कोरोना भाइरसम महामारीमा संलग्न भए। चीन र अमेरिकाकले आदान-प्रदान गरेको पचास वर्षमा चिनियाँ कम्युनिष्ट पार्टी दुई मुलुकको सम्बन्धको अवरोध होइन र दुई मुलुकको पारस्परिक हित र सहयोगको निर्देशन गर्ने र अगाडि बढाउने पक्ष हो। चीनले स्वतन्त्र र शान्तिपूर्ण कुटनीतिक नीतिको अरक्षशःपालना गरेको छ। राष्ट्रिय केन्द्रीय हित समस्यामा चीनले सम्झौता गर्दैन।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!