Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनका परराष्ट्र मन्त्री र नेपाली विदेश मन्त्री बीच शुभकामना आदानप्रदान


चीनको राज्य परिषद्का सदस्य एवं परराष्ट्र मन्त्री वाङ यी र नेपाली विदेश मन्त्री प्रदीपकुमार ज्ञवालीले अगष्ट १ तारिख एकअर्कामा शुभकामना सन्देश आदानप्रदान गर्दै चीन र नेपालबीचमा दौत्य सम्बन्ध कायम भएको ६५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्नुभएको छ।

आफ्नो सन्देशमा परराष्ट्र मन्त्री वाङले विदेश मन्त्री ज्ञवालीसँगै मिलेर आपसी समन्वय र सम्पर्कलाई सबल पार्नुका साथै दुई देशका नेता बीच सम्पन्न महत्वपूर्ण मतैक्यलाई व्यवहारमा उतारेर चीन नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ विकसित पार्नका लागि सकारात्मक योगदान गर्दै जान आफू इच्छुक रहेको औँल्याउनुभएको छ।

विदेश मन्त्री ज्ञवालीले आफ्नो सन्देशमा चीनसँगसँगै उच्च तहको पारस्परिक भ्रमणलाई कायम राख्नुका साथै पारस्परिक राजनीतिक विश्वासलाई गहन पारी द्बिपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्‍‍याउँदै जान नेपाल इच्छुक रहेको कुरा बताउनुभएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!