Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनका लागि नवनियुक्त नेपाली राजदूत बेइजिङमा


नियुक्ति पाएको लामो समयपछि चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे बिहीबार चीन आइपुग्नुभएको छ। गत वैशाख पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि राजदूतमा नियुक्त गर्नुभएको थियो।

कोभिड-१९ महामारीका कारण पाण्डे नियुक्तिको झण्डै ३ महिनामा बेइजिङको निकटवर्ती सहर थ्येनचिनमा अवतरण गर्नुभएको हो। त्यस लगत्तै राजदूत पाण्डे र सोही विमानमा आएका अन्य यात्रुहरूको स्वास्थ्य परीक्षण गरिएको कान्तिपुर अनलाइनले जनाएको छ। स्वास्थ्य रिपोर्ट प्राप्त भएपछि राजदूत पाण्डे बेइजिङ आएर नेपाली राजदूतावासमै १४ दिने एकान्तवासमा बस्ने दूतावासले जनाएको छ।

बुधबार राति काठमाडौंबाट प्रस्थान गरेको हिमालय एयरलाइन्सले पाण्डेको परिवारसहित १२ जना यात्रुहरू बोकेर थ्येनचिन पिनहाइ एयरपोर्टमा अवतरण गरेको थियो। दुई सातापछि मात्रै राजदूत र दूतावासका कर्मचारीहरूबीच भेट हुनेछ।

नेपाल सरकारले गत वर्ष फागुन १८ मा तत्कालीन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई पाण्डेलाई राजदूत बनाउने निर्णय गरेको थियो। वैशाख १४ गते राष्ट्रपति भण्डारीबाट शपथ खाएका पाण्डे हाल देखिएको कोरोना महामारीका कारण बेइजिङ उत्रिन पाउनुभएको थिएन।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!