Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनका लागि नेपाली प्रस्तावित राजदूत पाण्डेलाई चीनको एग्रिमो


नेपाल सरकारद्वारा चीनको राजदूतका लागि सिफारिस गरिएका महेन्द्रबहादुर पाण्डेले एग्रिमो (कूटनीतिक सहमति) पाउनु भएको छ। गत मार्च २४ तारिख नेपालले पाण्डेको एग्रिमोका लागि बेइजिङस्थित दूतावासमार्फत् चिनियाँ परराष्ट्र मन्त्रालयलाई अनुरोध गरी पठाएको थियो। चीनले गत ९ तारिख बिहीबार स्वीकृति दिएको कान्तिपुर अनलाइनले लेखेको छ। गत मार्च १ अर्थात् फागुन १८ गते पूर्वराजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको सरकारले पाण्डेलाई राजदूतका लागि प्रस्ताव गरेको थियो। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनु भएका पाण्डेले संसदीय सुनुवाइ प्रक्रिया पनि पार गरिसक्नु भएको छ।

एग्रिमो पाएसँगै नेपाल सरकारले नियुक्ति दिएपछि राष्ट्रपतिबाट सपथ लिएर पाण्डे चीन जानु हुनेछ। तर सरकारी प्रक्रिया र हवाई आवागमन लगायतका कारण उहाँ कहिले बेइजिङ जाने भन्ने यकिन छैन। हाल कोभिड-१९ महामारीका कारण चीनले कुनै पनि देशबाट चीन भित्रिने नागरिकलाई क्वारेन्टाइनमा बस्नैपर्ने नियम बनाएको छ। बेइजिङस्थित नेपाल दूतावासका अनुसार कूटनीतिज्ञहरूका लागि भने घरमै क्वारेन्टाइनको सुविधा छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!