सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत पौडेललाई १५ दिन भित्र फिर्ता बोलाउने निर्णय गरेको हो।
मन्त्रिपरिषदकाे आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो। उहाँलाई बेइजिङबाट फिर्ता बोलाउने निर्णय भएको हो। पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनकालागि नेपाली राजदूत नियुक्त गरेको थियो।
नयाँ राजदूतमा पाण्डे सिफारिस भएका छन्। आइतबारकै बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ। बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए। त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएका थिए।
Insert your Ads code here
ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थियो। तर ओली सरकार ढले लगतै तत्कालीन माओवादी-कांग्रेस गठबन्धनको सरकारले ओली सरकारले सिफारिस गरेका नामहरु फिर्ता लिएको थियो।