Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनको तिब्बती राहत उत्तरी कोरलानाकामै थन्कियाे


फाइल तस्बिर

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड-१९ )ले सृजित लकडाउनका कारण समस्यामा परेका उपल्लो मुस्ताङको २ स्थानीय तहलाई उपलब्ध गराइएको चीनको तिब्बती राहत एकसाता अघिदेखि उत्तरी कोरलानाकामै थन्किएको छ।

उत्तरी छिमेकी देश चीनको स्वशासितक्षेत्र तिब्बत सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई राहत समाग्री उपलब्ध गराएको जनाइएको छ। चीनको स्वशासितक्षेत्र तिब्बत सरकारले गत वैशाख २६ गते उपल्लो मुस्ताङका लागि ६ वटा ट्रकमा खाद्यान्न ,तरकारी तथा कोरोना रोकथाम तथा नियन्त्रण लगायतका स्वास्थ्य सामाग्री पठाएको थियो। तिब्बतबाट आएको ठूलो परिणामको राहत अहिले कोरोलामै थन्किन पुगेको छ।

Insert your Ads code here

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जिल्ला र स्थानीय निकायसँग समन्वय नगरी सीमित व्यक्तिको समन्वयमा राहत पठाएको भन्दै राहत सामाग्री नबुझ्ने घोषणा गरेका छन्। चीनले पठाएको राहत सामग्रीमा माक्स ,पीपीइ ,थर्मल गन ,सेनेटाइजरलगायतका स्वास्थ्य सामग्री छन् भने त्यससँगै ठूलो परिणाममा खाद्यान्नलगायत लत्ताकपडा रहेको जनाइएको छ।

तिब्बती सरकारले दिएको राहत लोमान्थाङ-५ का वडाध्यक्ष नवाङकुङ्गा लामा ,टसी फेञ्चोक लोहा र पासाङ गुरुङका नाममा पठाइएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्टले जानकारी दिए।

तिब्बतले उपलब्ध गराएको राहत आफूहरुले नलिने र चिनियाँ सुरक्षाकर्मीको समन्वयमा उतै फिर्ता पठाउने तैयारी भइरहेको बताए। उनले कोरोना कहरका बेला चीनको तिब्बती सरकारले दिएको राहत कोरोना सम्भावित संक्रमण फैलिनसक्ने अवस्था रहेकाले राहत नबुझ्ने निश्कर्षमा पुगेको जानकारी दिए।

अध्यक्ष बिष्टले हाल देखिएको माहामारी रोग कोरोनाका कारण स्थानीय व्यापारीलाई तिब्बत जान रोक लगाइएको उल्लेख गरे। यता लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले स्थानीय सरकारको मन्जुरी बिना पठाएको राहत सामाग्री नलिने र उतै फर्काउने बताए।

यता राहत समन्वयकर्ता वडाध्यक्ष नवाङकुङ्गा लामाले राहत बुझ्ने नबुझ्नो विषयमा स्थानीयसँग छलफल गरी निर्णय लिने बताए। तिब्बतबाट पठाइएको राहत तथा स्वास्थ्य सामग्रीका बारेमा जिल्लालाई कुनै जानकारी नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए।

चीनको तिब्बती सरकारले हुम्ला ,जुम्ला ,रसुवा ,डोल्पा र मुस्ताङलगायतका जिल्लालाई राहत सामाग्री पठाउने तैयारी गरेको थियो । उपल्लो मुस्ताङको २ स्थानीय तहले राहत तथा सामग्री स्वीकार नगरेपछि कोरलानाकामा थन्काइएको राहत तिब्बततर्फ नै फर्काइने निश्चित भएको छ। तिब्बतले पठाएको ६ ट्रक राहत सामग्री कोरलानाकामा थन्किन पुगेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!