Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनको तिब्बत स्वायत्त प्रदेशले दिएको स्वास्थ्य सामग्री नेपाल पुग्यो


चीनको स्वायत्त प्रदेश तिब्बत सरकारले चैत २८ गते ल्हासामा नेपाल सरकारलाई हस्तान्तरण गरेको अनुदानको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ। तातोपानी नाका हुँदै आठ करोड ३१ लाख बराबरको उक्त सामग्री नेपाल प्रवेश गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार नेपाल प्रवेश गरेको उक्त स्वास्थ्य सामग्री काठमाडौँ पुगिसकेको छ। अनुदानस्वरुप तिब्बत सरकारले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामग्रीमा दशदश हजार थान एन–९५ मास्क, टेष्टिङ किट र पिपिइ, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पिसिआर मेशिन र पचास थान वेट वाइप छन्।

तिब्बत सरकार ल्हासाका विदेश विभाग प्रमुखले नेपाली महावाणिज्यदूत गोविन्द कार्कीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!