Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनको श्वेतपत्रको नेकपा नेत्री पम्फा भुसालको सकारात्मक मूल्यांकन


हाल चीनले ‘महामारी प्रतिरोधमा चीनको कार्वाहीहरू’ विषयक श्वेतपत्र विश्वमाझ सार्वजनिक गरेको छ। चीन नै सबैभन्दा पहिला कोरोना भाइरसको शिकार भएको मुलुक हो भने यसको नियन्त्रणमा सबैभन्दा कडा मेहनत गर्ने मुलुक पनि चीन नै हो। श्वेतपत्र मार्फत् सार्वजनिक यी उपलब्धीबारे नेपाल कम्युनिष्ट पार्टीकी नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले सकारात्मक मूल्यांकन गर्नुभएको छ।

अहिले विश्वव्यापी रूपमा जहाँजहाँ कोरोनाको ठूलो आक्रमण छ, त्यहाँ त्यहाँ चीनको सहयोग रहेको बताउँदै भुसालले भन्नुभयो, ‘महामारी नियन्त्रण गर्न र उपचार गर्न चीनले जुन ढंगले मद्दत गरेको छ, त्यो इतिहासमा अद्वितीय रहेको छ।’

कोभिड देखा नपर्दै परम्परागत असल छिमेकी र असल मित्र चीनले नेपालमा कोरोना नियन्त्रण र उपचारका लागि देखाएको तत्परताको प्रशंसा गर्दै उहाँले नेपालमा ढिलो संक्रमण फैलिएपछि त्यसको नियन्त्रण, उपकरण, औषधि र चीनले आफ्ना अनुभवहरू शेयर गरेर ठूलो गुन लगाएको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, ‘चीनले हर प्रकारको सहयोग गरेको छ, त्यसप्रति नेपाली जनता चीनप्रति अनुगृहित छन्।’

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!