Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

चीनद्बारा नेपाललाई सहयोग सामग्री हस्तान्तरण


चीनको सछ्वान प्रान्त र नेपालका लागि चिनियाँ दुताबासले संयुक्त रुपमा चन्दा स्वरुप प्रदान गरेको रोग प्रतिरोधात्मक सामग्रीको हस्तान्तरण समारोह मार्च २९ तारिख मध्यान्ह नेपाली स्वास्थ्य र जनसंख्या मन्त्रालयमा आयोजना गरियो।
नेपाली स्वास्थ्य र जनसंख्या मन्त्री भानुभक्त ढकालले उक्त हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारले छिटोभन्दा छिटो गरी चिकित्सा मास्क, प्रोटेक्सन चस्मा र प्रतिरोधात्मक पोशाक लगायतका सामग्रीलाई नेपालका ७ वटा प्रान्तको रोग प्रतिरोध गर्ने स्थानमा वितरण गर्ने जानकारी दिनुभयो। “चिनियाँ मित्रले यस बखतमा सहायता दिएकोमा हामी निकै आभारी छौं।” उहाँले भन्नुभयो: चीनले भर्खरै रोग प्रतिरोधात्मक संघर्षमा केही प्रतिफल प्राप्त गरे लगत्तै तत्काल सारा विश्वसँग आफ्नो अनुभवको उपभोग गर्नुका साथै चाहना भएका मुलुकलाई सामग्री प्रदान गरेको कुरा निकै प्रशंसनीय रहेको छ!

नेपालका लागि चिनियाँ राजदुत हौ यानछीले उक्त समारोहमा चीन सरकारले निरन्तर रुपमा नेपाललाई सहायता गर्दै जाने कुरा भन्दै आवश्यक बेलामा चिकित्सा टोलीलाई नेपालमा पठाएर रोग प्रतिरोध गर्न सहयोग दिने विचार गर्ने कुरा पनि बताउनुभएको छ। ज्याक मा सामूहिक हित-कल्याण कोष र आलिबाबा सामूहिक हित-कल्याण कोषद्बारा सहयोग स्वरुप प्रदान गरिएको चिकित्सा सामग्रीलाई पनि त्यसै समारोहमा नेपालतर्फ हस्तान्तरण गरिएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!