Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनद्वारा पाँच हजार थान टेन्ट नेपाललाई हस्तान्तरण


प्राकृतिक विपदका बेला प्रयोगका लागि चीनले नेपाललाई पाँच हजार थान टेन्ट प्रदान गरेको छ। नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ती टेन्ट नेपाललाई हस्तान्तरण गरिसकिएको जनाउनु भएको नेपाल खबर अनलाइनले लेखेको छ। ‘पाँच हजार थान टेन्टको चिनियाँ सहयोग नेपाली साथीहरुलाई सफलतापूर्वक हस्तान्तरण गरिसकेका छौं,’ उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नु भएको छ, ‘प्राकृतिक विपद र कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा नेपाललाई सहयोग गर्नका लागि हामीले आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं।’ चीनले यसअघि नेपाललाई कोरोना महामारीबिरुद्ध आवश्यक पर्ने पीपीई लगायतका स्वास्थ्य सामग्री र अन्य सहयोग पनि प्रदान गरेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!