Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनद्वारा भरतपुर महानगरलाई २७ लाखको स्वास्थ्य सामग्री प्रदान


चीनको तिब्बत स्वायत्त प्रदेशमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई सहयोगस्वरुप झण्डै २७ लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। तिब्बत स्वायत्त प्रदेश रहेको सिगात्से नगरपालिकाले एन–९५ माक्स एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी कीट ८०० थान, पिपिई १०० थान, मेडिकल फेस सिल्ड एक हजार थान, सर्जिकल पञ्जा चार हजार थानलगायत स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरेको नेपाल समाज अनलाइनले लेखेको छ।

ती सामान प्राप्त भएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य सामग्रीले कोभिड–१९ सँग लड्न थप हौसला प्रदान गरेको बताउनुभयो। मित्र राष्ट्र चीनको सिगात्से सिटीले कोभिड–१९ को महामारीसँग लड्न यति धेरै स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई प्रदान गरेर अतुलनीय सहयोग गरेको बताउँदै महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्रीको अधिकतम उपयोग गरी कोभिड–१९ विरुद्ध लड्ने उल्लेख गर्नुभयो।

Insert your Ads code here

रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्यहरुले भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई सामग्री प्रदान गरेको थियो। भरतपुर महानगरपालिका र चीनको गुर्मु सिटीसँग भगिनी सम्बन्ध कायम रहेको छ भने घाङ् सिटी र सिगारसँग भगिनी सम्बन्ध कायमको प्रक्रियामा रहेको छ। भरतपुर महानगरपालिका र चीनका शहरसँग प्रविधि हस्तान्तरणका साथै दुई पक्षीय सहयोगका साथ अवलोकन भ्रमण हुँदै आएको छ। कोभिड–१९ कै क्रममा चीनको गुर्मु सिटीले पनि भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!