Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनद्वारा रसुवालाई २ करोड ३८ लाख बराबरको खाद्यान्‍न र स्वास्थ्य सामग्री सहयोग


चीनको स्वायत्त प्रदेश तिब्बतको चिलोङ काउन्टी प्रशासनले रसुवा जिल्लालाई २ करोड ३८ लाख मूल्य बराबरको खाद्यन्‍न र स्वास्थ्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई आइतबार खाद्यान्‍न र स्वास्थ्य सामग्री तिब्बतको चिलोङ काउन्टीले सहयोग स्वरूप उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

चिलोङ काउन्टी प्रशासनका समकक्षीसहितको अधिकारीहरुको टोलीले मितेरी पुलमा खाद्यान्‍न र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको प्रजिअ भण्डारीले बताउनुभयो। सहयोग स्वरूप प्राप्त खाद्यान्‍नमा २५ केजीको १ हजार १ सय बोरा चामल, २५ केजीको १ हजार १ सय बोरा मैदा पीठो र १० लिटरको ३ सय ७८ बाक्सा खाने तेल रहेको छ।

Insert your Ads code here

त्यस्तै, कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि प्राप्त स्वास्थ्य सामग्रीहरुमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) १ हजार १ सय सेट, डिस्पोजेबल मेडिकल मास्क १ लाख ३० हजार पिस, एन ९५ मास्क १ हजार ५ सय पिस र इन्फ्रारेड थर्मोमिटर १ सय १० पिस रहेको छ।

सहयोग सामाग्री लिन प्रमुख जिल्ला अधिकारी भण्डारीसहितको सुरक्षा अधिकारीको टोली आइतबार रसुवागढी नाकामा पुगेका थिए। यस अघि पनि विभिन्‍न मितिमा दुई पटकसम्म चिलोङ काउन्टी प्रशासनले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिसकेको छ।

यसैबीच चिलोङ काउन्टी प्रशासनबाट प्राप्त खाद्यान्‍न सामाग्री जिल्लाका पाँच वटै गाउँपालिकालाई आइतबार नै हस्तान्तरण गरिएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो। प्रत्यक गाउँपालिकालाई २ सय १० बोरा चामल,२ सय २० बोरा मैदा र १० लिटरको ६५ बाक्सा खाने तेल हस्तान्तरण गरिएको छ। स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार सुरक्षाकर्मी, अस्पताल, स्वास्थ्य चौकी, हेल्थ डेक्स, क्‍वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!