Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनबाट फर्किएका व्यक्तिमा कोरोना आशंकामा आइसोलेसनमा भर्ना


चीनबाट फर्किएका एक व्यक्तिलाई कोरोनाभाइरसको आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ। ज्वरो र छाती दुख्ने समस्या देखिएपछि ती व्यक्तिलाई बिहीबार आइसोलेसनमा भर्ना गरिएको अस्पतालका चिकित्सक जगदिश जोशीले जानकारी दिनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

‘हामीले हिजै उहाँको नमूना लिएका छौं। आज काठमाडौं पठाउने तयारी छ,’ उहाँले भन्नुभयो। यसअघि तीन जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको जोशीले बताउनुभयो।

अहिले सेती प्रादेशिक अस्पतालमा दुइटा आइसोलेसन बेड छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गर्न मिल्ने भएकाले देशभरि जुन ठाउँको पनि परीक्षण गर्नुपरे काठमाडौं नै पठाउनुपर्ने हुन्छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!