Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनबाट सामान नेपाल आउन थाल्यो, अब कुनै सामान नरोकिने


कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ। नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता हुँदै नेपाल आउन सुरु गरेको उहाँले जानकारी दिनुभयो। औषधि बनाउने कच्चा प्रदार्थ र औषधि सहज रुपमा आईरहेको जानकारी दिदै व्यवसायीहरूले सामान लोड गरिरहेको दाहालले जानकारी दिनुभयो।

चीनमा विचमा कोरोनाको कारण त्यहाँका उद्योग बन्द भएको र बाहिर सामान नपठाएको जानकारी दिंदै अब कुनै सामान आफूहरुले नरोक्ने त्यहाँका उद्योगी व्यवसायीहरुले जानकारी दिएको उहाँले बताउनुभयो।

Insert your Ads code here

चीनमा पनि बन्द भएका उद्योग कलकारखाना लगायत मानिसको आवतजावत सामान्य हुन थालेकोले अब कुनै पनि सामान आयातमा कुनै समस्या नहुने पूर्वअध्यक्ष दाहालले जानकारी दिनुभयो।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड पनि अहिले चीनबाट सामान विशेष चेकजाँच गरेर आईरहेको बताउनुहुन्छ। राज्य मन्त्री दुगडले भारत सरकार नेपालमा निर्यात हुने औषधिलाई निरन्तरता दिन सकारात्मक रहेको बताउनुहुन्छ। राज्यमन्त्री दुगडले भारतका केन्द्रीय नागरिक उड्ययन, आवास तथा शहरी मामिलामन्त्री हरदीपसिंह पुरीसँगको भेटसँगै भारतीय मन्त्रीले नेपालमा औषधि खुला गर्न सहमत भएको उहाँले जानकारी दिनुभयो। सरकार अत्यावश्यक सामान अभाव हुन नदिन लागि परेको समेत उहाँले जानकारी दिनुभयो।यसैबीच चीनले पनि कोरोना भाइरस संक्रमण विरुद्धको लडाई नियन्त्रणमा आएको र अब सो संक्रमणका कारण गिरावट आएको अर्थतन्त्रलाई उकास्ने तर्फ लाग्ने समय आएको जनाएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!