Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनबाट स्वास्थ्य सामाग्री ल्याउने पहल


नेपाली मेडिकल सप्लायर्सहरुले चीनबाट स्वास्थ्य सामाग्री ल्याउने पहल थालेका छन् । अहिले चीनमा सामाग्रीहरु जम्मा गर्ने क्रम सुरु भएको रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिनुभयो।

सीजी ग्रुप, नर्भिक अस्पताल लगायतले नेपाल एयरलाइन्सको विमान चार्टर गरेर शुक्रबार मात्र चीनको क्वाङ्चौबाट स्वास्थ्य सामाग्री नेपाल ल्याएका थिए। तर कति सामान आयो भन्ने आइतबार भन्सार पास भएपछि मात्र भन्न सकिने बताइएको छ।

नेपाली मेडिकल सप्लायर्सहरुले भने अहिले चीनमा सामान जम्मा गरिरहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘भोलिबाट विमान चार्टरका लागि प्रक्रिया सुरु गर्छौं। सरकारले सहयोग गरे पनि–नगरे पनि यो साताभित्र सामान ल्याउँछौं ।’

Insert your Ads code here

उहाँका अनुसार नेपाली मेडिकल सप्लायर्सहरु आपसमा मिलेर स्वास्थ्य सामाग्री ल्याउन तयार छन्।

तर ढुवानीमा समस्या छ । विदेशी विमान चार्टर गरेर ल्याउन महंगो पर्ने भएकाले नेपाल एयरलाइन्सको विमान चार्टर गर्ने नेपाली व्यवसायीहरुको तयारी छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!