Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनमा कोरोना भाइरसपछि नेपाल जाने चिनियाँ पर्यटकको संख्यामा कमी


पर्यटन बोर्डद्वारा हालै प्रकाशित तथ्यांक अनुसार सन् २०१९ मा नेपाल भित्रिएकामध्ये सबैभन्दा बढी विदेशी पाहुना भारतीय मूलका थिए। भारतीयपछि दोस्रो नम्बरमा चिनियाँ पर्यटकको हिस्सा छ। २०१९ मा नेपाल भित्रिएका भारतीयको संख्या दुई लाख ५४ हजार छ। चिनियाँको संख्या एक लाख ६८ हजार छ।

नेपाल आउने चिनियाँ पाहुनाको मुख्य समय चलिरहँदा चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढ्दै विश्वव्यापी हुँदै जाँदा त्यसको मार पोखराको पर्यटन क्षेत्रले पनि खेप्न थालेको व्यवसायीले बताएका छन्। चीन सरकारले नै आफ्ना नागरिकलाई हिँडडुलमा रोक लगाइरहँदा त्यसको असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको भन्दै व्यवसायीले चिन्ता जनाए। नेपालमा पनि कोरोना भाइरसको बिरामी फेला परेको सरकारले पुष्टि गरेपछि त नेपाल आइसकेका चिनियाँ पनि झनै त्रसित हुन थालेका छन्। आउन तयारीमा रहेकाले धमाधम बुकिङ रद्द गर्न थालेको व्यवसायीले बताएका छन्। चीनमा संक्रमण बढ्दो क्रम रहेकोले नेपाल आउने चिनियाँ त्रसित भएको उनीहरुले बताए। पोखरामा अधिक चिनियाँ पाहुनालाई सेवा दिइरहेको गिरी गेस्टहाउसका सञ्चालक खिमबहादुर नेपालीका अनुसार कोरोना भाइरसका कारण चिनियाँ पाहुनाको नेपाल यात्रा धमाधम रद्द भइरहेको छ। नेपालमा पनि यो भाइरस भेटिएको सरकारले जनाएपछि त चिनियाँ आउनै डराएका छन्। यो बेला चीनमा नयाँ वर्ष मनाइन्छ। नयाँ वर्ष मनाउन साताव्यापी बिदा दिइने हुँदा यही मौका पारेर चिनियाँहरु घुमघामका लागि विभिन्न मुलुक जान्छन्। नागरिकन्यूज डटकमका अनुसार सन् २०१८ मा चीनका झन्डै १५ करोड नागरिक घुम्नका लागि निस्केका थिए।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!