Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनमा रहेका नेपालीको स्वास्थ्यको ग्यारेन्टी चीनले गर्ने


फाइल तस्बिर

नेपालस्थित चिनियाँ दूतावासले कोरोना भाइरसबाट नआत्तिन आग्रह गर्दै चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने जनाएको छ।’केही विद्यार्थीसहित नेपाली नागरिकहरु अहिले पनि वुहानमा रहेको कुरा अवगत छ र उनीहरुको जीवन र मेडिकल केयरको ग्यारेन्टी गरिएको छ। उनीहरुको जायज अधिकार र इच्छाको रक्षा गर्न चीनले सदैव सक्रियतासाथ पहलकदमी गरिरहनेछ, कृपया ढुक्क हुनुहोस्,’ काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ नेपाल खबर अनलाइनले लेखेको छ ‘यससम्बन्धी कुनै आवश्यकता भएमा नेपाली पक्षले समयमै नेपालस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग सम्पर्क र संवादमा रहन सक्छ।’

चीनले सो महामारी फैलिनबाट रोक्नका लागि नेपालस्थित डब्लुएचओलाई नेपाली पक्षबाट भएको सहयोगका लागि प्रशंसा गरेको छ।

Insert your Ads code here

चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो। त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी दिएको हो।

महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं। चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ।’

विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने र सबै पक्षको जायज चिन्ता दूर गर्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा लेखिएको छ, ‘कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने छ।’

नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ। यदि आवश्यक भएमा नेपाली पक्षले काठमाडौंस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा चिनियाँ पर्यटकको आगमन प्रभावित हुने भन्दै दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘महामारी नियन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्छौं र भिजिट नेपाल २०२० मा योगदान पुर्‍याउने छौँ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!