चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले फेब्रुअरी छ तारिख पैचिङमा फेब्रुअरी छ तारिख मध्यान्हसम्म चीनमा रहेका 19 जना विदेशी नयाँ कोरोना भाइरस संक्रमण निश्चित गरिएको, तीमध्ये 2 जनाको सफल उपचार भएको, 17 जना आइसोलेसन भैरहेको कुरा बताउनुभएको छ।
ह्वाकाअनुसार, चीनले सधैं नै चिनियाँ जनता र चीनमा रहेका विदेशी नागरिकको जीवन सुरक्षा र शारीरिक स्वास्थ्यलाई पहिलो स्थानमा राखिरहेको, धेरै चिकित्सा र जीवन श्रोत साधन उपलब्ध गराई उक्त महामारीको प्रतिरोध गरिरहेको छ।
ह्वाले चीनले विदेशी नागरिकलाई प्रत्याभूति र मद्दत बढाएको, चीनमा रहेका धेरै विदेशीले चीनको मद्दत र चीनले चालेको कदमको प्रशंसा गरेको कुरा बताउनुभयो।
Insert your Ads code here
यसका साथै उहाँले चीनले चिनियाँ नागरिकलाई हेरचाह गर्नुजस्तै चीनमा रहेका विदेशीको सुरक्षा र स्वास्थ्यलाई निरन्तर रुपमा हेरचाह गर्ने कुरामा जोड दिनुभयो।