Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनमा विकास गरिएको एडी ५-एनकोभ खोपलाई पेटेन्ट प्रदान


चिनियाँ अधिकारीहरूले चीनमै विकास गरिएको कोभिड-१९ खोपलाई पहिलो आविष्कार ‘पेटेन्ट’ (सर्वाधिकार) प्रदान गरेका छन्। विशेषज्ञहरूले यस खोपले चिनियाँ मौलिकता र सिर्जनात्मकतालाई प्रदर्शन गर्ने र चीनले विकास गरेको कोभिड-१९ खोपले अन्तर्राष्ट्रिय बजारमा विश्वास बढाउने बताएका छन्।

चिनियाँ ह्याकरहरूले कोरोना भाइरसको उपचार र खोप विकासको अनुसन्धानको डाटा चोरी गर्न खोजेको भन्‍ने अमेरिकी आधारहीन आरोपलाई यस खोपले खण्डन गरिदिने विज्ञहरुले बताएका छन्। चिनियाँ खोप कम्पनी क्यानसिनो बायोलोजिक्स कर्पोरेसनलाई चीनको बौद्धिक सम्पत्ति नियामक संस्थाले ११ अगस्तमा एडी ५-एनकोभ नाम दिइएको यस खोपको पेटेन्ट प्रदान गरिएको हो।

चिनियाँ सैन्य संक्रामक रोग विज्ञ चेन वेई नेतृत्वको टोलीले विकास गरेको चीनमा सर्वाधिकार प्राप्त गर्ने यो पहिलो खोप भएको बताइएको छ। क्यानसिनेले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्याटेन्ट प्राप्त गर्नुले यस खोपको प्रभावकारिता र सुरक्षित भएको पुष्टि गरेको छ। विश्‍वसनीयसँगै यसको बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) को स्वामित्व पनि प्रदान गरेको छ।”

Insert your Ads code here

बौद्धिक सम्पत्तिको अधिकारको क्षेत्रमा वकालत गरिरहेका सु सिङमिङले अन्य मुलुकको तुलनामा चीनको प्याटेन्ट परीक्षा प्रणाली कडा हुने गरेको र खोप खोपले उक्त परीक्षा पार गरेको बताएका छन्।

क्यानसिनोले पहिलो चरणको क्लिनिकल ट्रायलमा सुरु भएको तीन दिनपछि मार्च १८ मा प्याटेन्ट प्राप्तिका लागि आवदेन दिएको थियो। यस खोपको तेस्रो चरणको परीक्षण विभिन्‍न मुलुकमा भइरहेको कम्पनीले जनाएको छ। पहिलो र दोस्रो चरणको परीक्षणको नतिजा जुलाई २० सम्म प्राप्त भएको र जुन सकारात्मक भएको बताइएको थियो।

क्यानसिनोले कोभिड-१९ खोपका लागि तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि मेक्सिकोसँग पनि सम्झौता गरेको मेक्सिकोको विदेश मन्त्रालयले गत साता जनाएको थियो।

साउदी अरेबियाका स्वास्थ्य अधिकारीहरूले पनि अगस्त ९ मा खोपको तेस्रो चरणको परीक्षणका लागि सहयोग गर्ने प्रतिबद्धतासहित ५ हजार सहभागी उपलब्ध गराउने जनाएको थियो। क्यानसिनोले रुस, ब्राजिल र चिलीसँग एडी ५-एमकोभ तेस्रो चरणको परीक्षण गर्ने विषयमा छलफल भएको बताइएको छ।
-ग्लोबल टाइम्स

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!