Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनमा स्वास्थ्य निरीक्षण तथा क्वारेन्टाइन कार्य प्रवर्द्धन


फेब्रुअरी २६ तारिख अरू देशबाट चीनमा आयात भएको पहिलो कोभिड-१९ बिरामी निश्चित गरियो र मार्च १३ तारिखमा प्रवेश गरेका बिरामीको संख्या चीनमा भेटिएका नयाँ भन्दा पहिलो पटक बढी भयो। मार्च १६ तारिख राती १२ बजेसम्म चीनभरि थप निश्चित गरिएका कोभिड-१९ बिरामीको संख्या २१ भएको छ। अरू देशबाट चीन प्रवेश भएर निश्चित कोभिड-१९ बिरामीको संख्या २० भएको छ जसबाट हालसम्ममा अरू देशबाट चीनमा भित्रिएका बिरामीको संख्या १४३ पुगेको छ। विदेशबाट प्रवेश कोभिड-१९ बिरामीको नियन्त्रण नै चीनमा महामारीको नियन्त्रण गर्ने क्रममा अर्को परीक्षण बनेको छ।

१६ तारिख चीन राष्ट्रिय स्वास्थ्य आयोगले महामारीको प्रचारप्रसार, फैलावट तथा विस्तार हुन नदिन विदेशबाट प्रवेश गरेका बिरामीको नियन्त्रण सम्बन्धि विविध कदमलाई अझ विस्तृत पार्नुपर्ने आग्रह गरेको छ। सोही दिन बहु विभागहरूले संयुक्त रूपमा ‘चीनमा स्वास्थ्य निरीक्षण तथा क्वारेन्टाइन कार्यको प्रवर्द्धन तथा कानून बमोजिम र सम्बन्धित कानून विपरीत अपराधलाई दण्डित गर्ने राय-सुझाव’ सार्वजनिक गर्दै संक्रमित अवस्थामा लुकेका लगायत ६ किसिमको गतिविधि सम्बद्ध कानून विपरीत हुने भएकाले दण्डित गरिने प्रष्ट्याएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले १६ तारिख आयोजित पत्रकार सम्मेलनमा सम्बद्ध कदमहरू विदेशी तथा चिनियाँ नागरिकलाई एउटै मापदण्ड राखेको र संलग्न व्यक्तिहरूलाई आवश्यक प्रत्याभूति तथा सहयोग प्रदान गर्ने औंल्याउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!