Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनलाई क्षतिपूर्ति तिराउने साेचाइ दिवास्वप्न: विदेशमन्त्री वाङ यी


चीनका विदेश मन्त्री वाङ यीले कोरोनाभाइरसको महामारी सम्बन्धमा चीनलाई क्षतिपूर्ति तिराउने कसैले सोचेको छ भने त्यो दिवास्वप्न हुने बताउनुभएको छ। अाज अपरान्ह बेइजिङमा पत्रकारहरुसंग कुरा गर्दै विदेशमन्त्री वाङ यीले कोरोना महामारीको क्षतिपूर्ति चीनले तिर्ने सवाल नै नभएको बताउनु भएको हो। अमेरिकाले वुहानको प्रयोगशालाबाट भाइरस लिक भएको, चीनले सुरूमा सूचना लुकाएको जस्ता कथित आरोप लगाएको छ। चीनले भने ती आरोपमा कुनै सत्यता नभएको जवाफ दिदै आएको छ।

चीनले भने महामारीको सुरू र आफूले चालेका कदमको निष्पक्ष छानबिन गर्न आफू तयार रहेको जनाएको छ। विदेशमन्त्री यीले अमेरिकासंगको तिक्ततापूर्ण सम्बन्ध कोल्ड वार नजिक पुगेको पनि बताउनुभएको थियो।

अमेरिकाले नै दुई देशको सम्बन्धलाई कोल्डवारमा धकेलिरहेको समेत उहाको आरोप थियो। विदेशमन्त्री यीले केही अमेरिकी राजनीतिक शक्तिले चीन–अमेरिका सम्बन्धलाई आफ्नो कब्जामा लिएर दुई देशलाई नयाँ शीतयुद्धतर्फ धकेल्न खाेजेका छन् भन्नुभयो। यो इतिहासको चक्रलाई घुमाउने खतरनाक प्रयास भएको पनि उहाँको भनाई रहेको छ। चीनलाई अमेरिकाले गरेको प्रगतिप्रति कुनै ईर्ष्या नभएको र अमेरिकाले पनि चीनको विकासको बाटोमा कुनै अवरोध गर्न नसक्ने उहाले बताउनु भएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!