Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनलाई सडकले जोड्ने कर्णाली प्रदेशको व्यापारिक मार्ग छिट्टै संचालन हुने


कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला र सुर्खेतबीचको प्राचीन व्यापारिक मार्गलाई जोडेर निर्मित ६७ किमि कच्ची सडक आगामी दसैंदेखि सञ्चालनमा आउने भएको छ ।

यो लिंकरोडसँगै हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । हुम्लालाई सडक सञ्जालमा गाँस्ने लक्ष्य रहेको यो योजना बेलायती सहयोग नियोगअन्तर्गत ग्रामीण पहुँच कार्यक्रमको तत्परतामा निर्माण भइरहेको छ । यसअघि चीनको तिब्बततिरबाट हुम्ला सडक सम्पर्कमा जोडिएको थियो ।

‘राष्ट्रिय सञ्जालमा जोडिने मानक सडकका रूपमा मुगु–हुम्ला लिंकरोड निर्माण सकिन लागेकामा यो योजनालाई विशेष उपलब्धिका रूपमा लिएका छौं,’ बेलायती दूतावासमा आयोजित समारोहपछि ग्रामीण पहुँच कार्यक्रम (र्‍याप) की टिम लिडर क्रिस्टिन मेरिलिजले भन्नुभयो। मुगु–हुम्ला लिंकरोड निर्माणपछि सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको मेल्छमसम्म सवारी साधन चल्न थालेको कार्यक्रमका योजना अधिकृत विष्णुराम विष्टले जानकारी दिनुभयो। विगतमा हेलिकप्टरका भरमा खाद्यान्न र बिरामी ओसार्नुपर्ने अवस्था रहेकामा हुम्ला–मुगुका भित्री गाउँमा लिंकरोड बनेपछि आवागमन निकै सहज हुने भएको छ। कान्तिपुर अनलाइनका अनुसार सन् २००१ मा स्थापित बेलायती सहयोगको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत पूर्वदेखि पश्चिमसम्मका झन्डै दुई दर्जन जिल्लामा गरेर झन्डै १ हजार ३ सय किलोमिटर कच्ची वा स्तरोन्नति सडक बनिसकेको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!