Loading... आजः शनिबार , श्रावण १२, २०८१

चीनले अघिसारेकाे बिआरआइमा १२६ देश सहभागी


फाइल तस्बिर

विश्व विकास रणनीतिअन्तर्गत चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको महत्वाकांक्षी रणनीतिक परियोजना हो बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)। यो परियोजना राष्ट्रपति सीले सन् २०१३ मा प्रस्ताव गरेका थिए, जुन प्रस्ताव आज विश्वव्यापी बन्दै गएको छ।

चीनले १५२ वटा देशसँग विकास परियोजना साझेदारी गर्ने लक्ष्य राखेको छ। त्यसमा एसिया, यूरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकी देशहरुलाई सहभागी गराइनेछ। यद्यपि, दक्षिण र उत्तर अमेरिकाका अधिकांश देशहरुले बिआरआइबारे औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

Insert your Ads code here

बिआरआइका साझेदार १२६ देश

हालसम्म बिआरआइमा १२६ देशले सहभागिता जनाएका छन्। चीनले बिआरआई अन्तर्गत विश्वका २९ अन्तर्राष्ट्रिय संगठनसँग पनि साझेदारी पत्रमा हस्ताक्षर गरिसकेको छ। नेपालले भने चीनसँग सन् २०१७ मै हस्ताक्षर गरी ९ वटा परियोजना छनोट गरिसकेको छ।

बिआरआइमा सम्झौता गरिसकेका मुलूकहरुमा नाइजर, बेनिन, सालमोन आइल्याण्ड, एक्युटोरियल गुनिया, पेरु, इटाली, बर्बाडोस, इक्वेडर, टोङ्गा, माइक्रोनेसिया, माल्टा, डोमिनिकन रिपब्लिक, सामाओ, ग्रिनाडा, जमाइका, कोमोरोस, लिसेथो, माली, लाइबेरिया, साइप्रस, लक्जेम्वर्ग, क्युवा, भनुअटु, पोर्चुगल, कुक आइल्याण्ड, फिजी, इल साल्भाडोर छन्।

त्यस्तै चिली, सुरिनेम, भेनेजुयला, टोगो, युगाण्डा, ब्रुण्डी, जिम्बाम्बे, चाड, केन्या, नामिभिया, मोजाम्भिक, घाना, दक्षिण सुडान, सेरालियोन, अल्जेरिया, डिजिबौटी, गुयेनिया, ग्रीस, गाम्भिया, केभ भर्डे, तान्जेनिया, कंगो, नाइजेरिया, एन्गोला, गभोन, जाम्भिया, सेसेल्स, क्यामरुन, केट डीआइभोर, कोष्टारिका, माउरिटानिया, सोमालिया, उरुग्वे, निउ, गुयना, सेनेगलले हस्ताक्षर गरेका छन्।

त्यस्तै लिविया, बोलिभिया, ट्रिनिडाड एण्ड टोवागो, माडागस्कर, मोरोक्को, सुडान, बोस्निया एण्ड हर्जगोभिनिया, तुर्किमिनिस्तान, लाट्भिया, लम्वानिया, इस्टोनिया, सोल्भेनिया, डोमिनिका, रुवाण्डा, ट्युनिसा, पपुवा न्यू गिनी, एण्टिगा एण्ड बर्बुडा, अस्ट्रिया, पानामा, इथोपिया, न्यूजिल्याण्ड, मोन्टेनेग्रो, लिथियाना, प्यालेष्टाइन, अफगानिस्तान, पाकिस्तान, क्रोसिया, लेवनानले पनि सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन्।

बिआरआइमा हस्ताक्षर गर्ने मुलुकहरुमा बहराइन, इजिष्ट, सिरिया, फिलिपिन्स, ब्रुनाई, भुटान, थाइल्याण्ड, सिंगापुर, अजरबैजान, चेक रिपब्लिक, बेलारुस, जर्जिया, इराक, कार्जिकिस्तान, ओमन, यमन, जोर्डन, इण्डोनेसिया, म्यान्मार, टिमोर लिस्टे, युएई, भियतनाम, इजरायल, बंगलादेश, अर्मेनिया, कम्बोडिया, हंगेरी, इरान, लाओस, काजकस्तान, कुवेत पनि छन्।

त्यस्तै माल्दिभ्स, मेसिडोनिया, नेपाल, बुल्गेरिया, सर्भिया, रसिया, श्रीलंका, टर्की, स्लोभाकिया, उर्जेकिस्तान, कतार, मोल्डोभा, मलेसिया, मंगोलिया, पोल्याण्ड, रोमानिया, साउदी अरेविया, ताजकिस्तान, साउथ अफ्रिका, उत्तर कोरिया, युक्रेनले पनि बिआरआइमा सहभागिता जनाइसकेका छन्।

चीनले विश्वको ६० प्रतिशत जनसंख्यालाई बिआरआइमा समावेश गरिसकेको छ। विश्वका १२६ देशमध्ये अधिकांशसँग सम्झौतापत्रमा हस्ताक्षर भइसके पनि कतिपय मुलूकसँग सहमतिको गृहकार्यको चरणमा रहेको छ। भारतले बिआरआइबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

बिआरआइका मूलतः पाँच प्राथमिकता छन्। राष्ट्रपति सीले यिनै पाँच प्राथमिकताका आधारमा विकास साझेदारीको प्रस्ताव अघि सारेका छन्। समतामूलक विश्व निर्माणको महत्वाकांक्षी लक्ष्य बोकेको छ बिआरआइले। यसर्थ, पनि यसले विश्वभरि तरङ्ग ल्याएको छ।

बिआरआइ परियोजनाका मूलतः पाँच आधारभूत मान्यता छन्। त्यही मान्यतामा टेकेर चीनले विश्व समुदायसँग साझेदारीको प्रक्रिया अगाडि बढाएको छ। बिआरआइका पाँच आधारभूत मान्यता यस प्रकार रहेका छन्, जसलाई विश्वको ६० प्रतिशत जनसंख्याले रुचाएको छ।

(१) नीतिगत समन्वय :– बिआरआइको पहिलो मान्यता हो विकास र पूर्वाधारका क्षेत्रमा नीतिगत समन्वय गर्नु। यसले परियोजना सम्झौतामा कुनै राष्ट्र वा शक्तिमाथि आफ्नो शर्त थोपर्दैन। सम्झौतामा हस्ताक्षर गर्ने राष्ट्रहरुबीच जुन विन्दुमा सहमति हुन्छ, त्यही नै उसको नीतिगत मान्यता हुन्छ। तसर्थ, बिआरआइले नीतिगत विषयमा शर्त होइन, समन्वय खोज्दछ।

(२) कनेक्टिभिटी :– बिआरआइको अर्को महत्वपूर्ण पक्ष हो कनेक्टिभिटी। तर, कनेक्टिभिटीका अनेक आयामहरु छन्, जसमा सडक सञ्जालमार्फत् कनेक्टिभिटी, हवाई कनेक्टिभिटी र वेभ कनेक्टिभिटी पर्दछन्। सडक सञ्जाल, रेल मार्ग, हवाई उड्डयन र प्रविधिका क्षेत्रमा कनेक्सन जोड्नु यसको दोस्रो प्राथमिकता हो।

(३) खुला व्यापार :– बिआरआइको तेस्रो प्राथमिकतामा खुला व्यापार पर्दछ। यस मान्यताअन्तर्गत एउटा देशले अर्को देशसँग आपसी समझदारीमा खुल्ला रुपमा व्यापार गर्न सक्दछन्। बजार बिनिमय यसको महत्वपूर्ण पक्ष हो। यसै मान्यताका आधारमा व्यापार सम्बन्धी नीतिहरु निर्देशित हुन्छन्।

(४) वित्तीय एकीकरण :– एकल प्रयासभन्दा संयुक्त प्रयासमा पूर्वाधार विकासको काम गर्नु बिआरआइको अर्को महत्वपूर्ण पक्ष हो। वित्तीय साझेदारीका आधारमा विकास आयोजनाहरुलाई तीव्रता दिनु यसको लक्ष्य हो। यसले साना परियोजना होइन, समृद्धिमा गुणात्मक अर्थ राख्ने पूर्वाधार विकासका लागि वित्तीय साझेदारीमा जोड दिन्छ।

(५) जनसम्बन्ध :– यसलाई पिपुल्स टु पिपुल्स कनेक्टिभिटी पनि भनिन्छ। यसअन्तर्गत चीन र साझेदार राष्ट्रका नागरिकहरुको सिधा सम्पर्क र नागरिक जीवनमा परिवर्तन ल्याउने सामाजिक कार्यहरु पर्दछन्। जसले विश्व समुदायमा विश्ववन्धुत्वको भावना विकसित गर्न मद्दत मिल्ने चीनको विश्वास छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!