चीनले अघि सारेको हङकङ सम्बन्धि राष्ट्रिय सुरक्षा कानुनलाई नेपालले समर्थन गरेको छ। नेपालले ‘एक चीन नीति’ दोहोर्याउँदै हङकङ मामिलामा चीनले गरेको प्रयासको पूर्ण समर्थनसमेत गरेको हो।
`शान्ति, कानुन र व्यवस्थालाई व्यवस्थित रुपमा पालना गराउनु राज्यको एक प्रारम्भिक जिम्मेवारी हो।’ परराष्ट्रद्वारा बुधबार जारी वक्तव्यमा भनिएको छ: ‘नेपाल कुनै पनि मुलुकको आन्तरिक सम्बन्धमा हस्तक्षेपमा विश्वास गर्दैन र हङकङमा कानुन र सुव्यवस्था गर्नको लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ।’